२०८० जेठ १६ गते मङ्गलबार | गणेश जोशी
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश सरकारका सांसद बहादुर सिंह थापाले प्रदेश सरकारले विगतका कमीकमजोरीहरुलाई सच्याएर अगाडी बढ्नुपर्ने बताएका छन् ।
२०८० बैशाख ३० गते शनिबार | गणेश जोशी
महेन्द्रनगर : नेपालकै मुख्य नाकाहरु मध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले आर्थिक बर्ष २०७९÷०८० मा लक्ष्यको ७० प्रतिशत राजस्व संकलन गरेको छ । ५८ करोड ९६ लाखको लक्ष्य तय भएकोमा चैत मसान्तसम्म ३८ करोड रकम राजस्व संकलन भएको हो । जुन चैत मसान्तसम्मको लक्ष्मा ७० प्रतिशत हो । चालु आर्थिक बर्षमा ७० देखि ७५ प्रतिशत मात्रै भन्सार असुली हुने कञ्चनपुर जिल्ला भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रराज बिश्वकर्माले बताए ।
२०८० बैशाख २६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : भारतको राष्ट्रिय राजमार्गबाट दोधाराचाँदनीमा बन्ने भनिएको सुख्खा बन्दरगाह निर्माण स्थल तथा महाकालीमा बनेको चारलेनको पुलको पहुँचमार्गसंग जोड्न भारततर्फ बनाउनुपर्ने चार लेनको तीन किलोमिटर ८२८ मिटर पहुँचमार्ग (सडक) निर्माणको काम भारतीय पक्षले तिब्र गतिमा गरिरहेको छ ।
२०८० बैशाख २५ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : दार्चुला जिल्लाका रामसिंह धामी ठेलामा तरकारी बेच्नुहुन्छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ बस्नुहुने ४८ बर्षिय धामी २० बर्ष भारतको दिल्ली लगायत विभिन्न ठाउँमा मजदुरी गरेर २०७६ चैत २८ गते घर फर्कीएका हुन् ।
२०८० बैशाख २० गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. ३ बैबाह बस्ने रामलाल चौधरीको दैनिकी प्राय माटोसंगै खेलेर शुरु हुन्छ । बिगत १३ बर्षदेखि उहाँ व्यवसायीक तरकारी खेती गरिराख्नुभएको छ । किसानको छोरा भएपनि जग्गा कम भएका र आर्थिक रुपमा कमजोर रामलालको अहिले गाउँमै राम्रो कमाई हुनूका साथै जिवनस्तरमा समेत परिवर्तन आएको छ ।
२०७९ चैत २३ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगरः पछिल्लो समय मिटरव्याजका अनेक स्वरुप देखिन थालेका छन् । यसले आर्थिक अवस्था कमजोर भएको निम्न वर्गीय समुदाय प्रताडित छ । कञ्चनपुरको बेलौरीमा आर्थिक अभावको मौका छोपेर ऋण लगानी गर्दै अन्तिममा जग्गा जमिन हडप्ने गरेको घटना बाहिरिएको छ । एकै व्यक्तिले तीनरचार जनालाई ऋणमा धोकाधडी गर्दै अन्तिममा जग्गा जमिन हडपेर बिचल्ली बनाएको पीडितको गुनासो छ । प्रहरी र स्थानीय तहले दुखेसो नसुनेपछि ती पीडीतहरुले जिल्ला प्रशासन कार्यालय गुहारेका छन् ।
२०७९ चैत १४ गते मङ्गलबार | पवन जोशी
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा अत्यधिक सुविधा सम्पन्न फिल्म स्टुडियो खुलेको छ । हालसम्मकै अत्याधुनिक उपकरणसहितको फिल्म स्टुडियोको मंगलबार एक कार्यक्रमको आयोजना गरि सेवा सञ्चालन गरेको जनाएको हो ।
२०७९ फागुन २४ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
कञ्चनपुर: पत्रिकाको कार्यालयमा अनाधिकृत रुपमा प्रवेश गरेर पत्रकार सुरेश धामीलाई धम्की दिएको विषयमा प्रेस चौतारी र पत्रकार महासंघ सुदूरपश्चिमले आपत्ति जनाएको छ। प्रेस विज्ञप्ति जारी गरेर प्रेस चौतारी र पत्रकार महासंघ सुदूरपश्चिमले पत्रिकाको कार्यालयमा पत्रकारलाई धम्काएकोमा आपत्ति जनाउँदै कडा कारबाहीको माग गरेको छ। धामी प्रकाशक/सम्पादक रहेको अपी टुडे दैनिक पत्रिकाको कार्यालयमै अनाधिकृत रुपमा प्रवेश गरेर धाकधम्की दिएर डराउन खोज्ने व्यक्तिहरूलाई कारवाही गर्न ढिलासुस्ती भइरहेकोप्रति प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
२०७९ फागुन २४ गते बुधबार | पवन जोशी
महेन्द्रनगर : कलयुगमा सबै कुरा देख्न र सुन्न पाईन्छ भन्ने कुराको उदाहरण हो राष्ट्रिय प्रजातन्तत्र पार्टी(राप्रपा) र त्यसका सचिव शिशिर थापा । आफु र आफ्नो समुहलाई आर्थिक लाभ हुने भएपछि उनका आँखामा पट्टी लाग्यो र जसको पैसा फसेको छ उ दोषी र जसले एक बर्षबाट पैसा खाएको छ उ साधु देखिन थाल्यो र यो मुद्दा राप्रपाकै मुद्दा बनेर अगाडी बढेको छ ।
२०७९ फागुन २४ गते बुधबार | आस्था जोशी
महेन्द्रनगर : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिंह ठगुन्नाले सञ्चार गृहमा प्रवेश गरेर धम्की दिने समुहलाई कारबाही गर्न प्रहरीले ढिलाई गरिरहेको बताएका छन् । उनले भने, ‘प्रहरीले कारबाहीमा ढिलाई गरिरहेको छ, यसले माहोल बिग्रिन सक्स ।’
२०७९ फागुन २२ गते सोमबार | पवन जोशी
महेन्द्रनगर : पैसा भनेपछि ईन्द्रको पनि तेस्रो नेत्र खुल्छ भन्ने कुराको पुष्टि राप्रपाका सचिब शिशिर थापाले गरेका छन् । पत्रकार धामीबाट अनाहकमा १० लाख बढी तिराएमा आफुलाई समेत आर्थिक लाभ हुने भएपछि फागुन १९ गते थापा आफ्नो दलबल लगेर त्रसित बनाउने शैलीमा धामीको कार्यालय पुगे । कार्यालय पुगेर उनि लगायतको समुहले पत्रकार धामीलाई चौधरीले जस्तो जग्गा दिएपनि लिनुपर्ने भनेर दवाब दिए । चौधरीको संरक्षक हामी हो, नभए ठिक हुँदैन भन्दै थर्काए ।
२०७९ फागुन १६ गते मङ्गलबार | आस्था जोशी
झलारी : शुक्लाफाँटा नगरपालिकाले दिर्घकालिन योजनालाई प्राथमिकता दिएको छ। नगरपालिकाले चक्रपथ निर्माण, कोल्डस्टोर निर्माण, कबर्ड हल निर्माण, खुल्ला मञ्च प्याराफिट निर्माण, आर्युवेद अस्पताल निर्माण, कृषि क्षेत्रको सम्भाव्यता अध्ययनलगायतका काम अगाडि बढाएको छ।
२०७९ फागुन १६ गते मङ्गलबार | पवन जोशी
महेन्द्रनगर : डिप्रोक्स लघुबित्त बित्तीय संस्था लिमिटेडले आफ्नो २२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । लघुबित्तले यसै क्रममा एक कार्यक्रम गरि भिमदत्त नगरपालिका वडा नं. ६ लाई २२ वटा डष्टबिन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।
२०७९ फागुन १० गते बुधबार | आस्था जोशी
महेन्द्रनगर : अढाई दशकपछि अनन्त सुदूरपश्चिमबासीको सपना साकार हुने भएको छ । प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र स्थापना हुने भएको हो । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीको क्षेलामा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेपनि हालसम्म काम सुरु हुन सकेको थिएन । झण्डै अढाई दशक भन्दा बढी समय पछि औद्योगिक क्षेत्रको कार्यालय स्थापना गरिएको छ ।
२०७९ फागुन ०५ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम लगायत देशका जनताले काम गर्न विदेशीनुपर्ने दिनको छिट्टै अन्त्य गरिने बताएका छन् ।
२०७९ फागुन ०४ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम
कञ्चनपुर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोल्न नदिएकोमा नेकपा एमालेको नेपाल राष्ट्रिय उद्योग, व्यवसाय फाँट कञ्चनपुरले आपत्ति जनाएको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै फाँटले आपूर्तिमन्त्री भण्डारीलाई सम्बोधनको समय उपलब्ध नगराइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
२०७९ माघ ०७ गते शनिबार | आस्था जोशी
महेन्द्रनगर : चुरे मुलपानी कृर्षि सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वेदकोट नगरपालिका वडा नं. ८ स्थित सहकारीको सधारणसभामा सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य माननीय माया पन्त प्रमुख अतिथि रहेका थिए ।
२०७९ पुष १८ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
धनगढीः धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा दुई सय जनालाई रोजगारी दिने तयारी थालेको छ। यस वर्ष उपमहानगरका १९ वटै वडाबाट एक हजार चार सय ७६ जनाले बेरोजगार भएको भन्दै सुचीकृत गराएकाले दुई सय जनालाई रोजगारी दिन विभिन्न २० वटा योजना तयार पारिएको हो। तयार पारिएका योजनाको सम्झौता गर्ने काम सुरु भइसकेको उपमहानगरले जनाएको छ।
२०७९ पुष ०६ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : दोधारा चाँदनी नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले दोधारा चाँदनीमा ५० शैयाको अस्पतालको आवश्यकता रहेकोले आफुहरुले यो प्रयासमा लागेको बताएका छन् । बुधबार प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा कञ्चनपुर शाखाको संयोजनमा दोधारा चाँदनीमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको पुर्ण बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
२०७९ मङि्सर ०७ गते बुधबार | गणेश जोशी
महेन्द्रनगर : कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेका केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखकको जित सुनिश्चित भएको छ । ९७ हजार ८२२ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार ९५५ मत खसेका थिए ।
२०७९ कार्तिक २५ गते शुक्रबार | पवन जोशी
महेन्द्रनगरः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाका बन्द सुचिमा १ नम्बरका समानुपातिक उम्मेदवार तथा राप्रपाका केन्द्रीय सह–प्रवक्ता पुर्णबहादुर चन्दले राष्ट्र जोगाउन, राष्ट्रिय हितमा काम गर्न तथा देशमा विकास र समृद्धि ल्याउनका लागि राप्रपालाई भोट दिन आह्वान गरेका छन् ।
२०७९ कार्तिक २४ गते बिहिबार | पवन जोशी
महेन्द्रनगर : नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भीमदत्त नगरपालिका–९ खल्लामुसेटीबाट ठूलो मात्रामा बरामद गरेको विद्युतको तारबारे छानविन समिति गठन गरेर कारवाही प्रकृया अगाडी बढाईने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख तुुतुन कुमार श्रीवास्तवले बताएका छन् ।
२०७९ कार्तिक १३ गते आइतबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भीमदत्त नगरपालिका–९ खल्लामुसेटीबाट ठूलो मात्रामा विद्युतको तार बरामद गरेको छ । काँग्रेस भिमदत्त नगर समितिका सदस्य तथा रेडक्रसका कर्मचारी एवं पुर्व शिक्षक दिपराज चटौतको पसलबाट शनिबार तार बरामद गरिएको विद्युत कार्यालयले जनाएको छ । नेता चटौतको प्रत्यक्ष निगरानिमा राम्रो तारलाई टुक्राटुक्रा पार्न लागेको एक स्थानियले देखेपछि उनले विद्युत प्राधिकरणमा खबर गरेका थिए । विद्युत लाइन विस्तारका लागि खल्लामा पुगाएका तार चोरी गरी बेच्नका लागि तयारी गरि रहेको अवस्थामा बरामद गरिएको हो ।
२०७९ भदौ १२ गते आइतबार | आस्था जोशी
महेन्द्रनगर : शिव शिखर सहकारीद्धारा सञ्चालित गार्डेन मार्टले महेन्द्रनगरमा शाखा खोलेको एक बर्ष पुगेको उपलक्ष्यमा स्थापना दिवस आज मनाएको छ । सो अवसरमा मार्टले तिज बिशेष कार्यक्रम राख्दै महिलाहरुलाई सामान खरिदमा बिशेष छुटको व्यवस्था गरेको मार्टका सुदुरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले बताए ।
२०७९ भदौ ०८ गते बुधबार | पवन जोशी
महेन्द्रनगर : भीमदत्त नगरपालिका मेयर पदम बोगटीको ‘हनिमुन पिरियड’ सकिएको छ । तिन महिना अघि २०७९ जेठ ९ गते भिमदत्तको नगर प्रमुख पदमा शपथ लिदै भिमदत्तका नगरप्रमुख पदम बोगटीले सरकारी गाडी नचढ्ने घोषणा गरे तर आफुले घोषणा गरेको बाचाबाट नगर प्रमुख पछाडी हटेको पाइृएको छ । उनले आफुले आफ्नो निजि गाडीको प्रयोग गर्ने घोषणा गरेपनि सरकारी गाडी समेत चढिरहेको पाईएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.