अर्थ


  • कञ्चनपुर कारागार बन्यो ‘भेडाबाख्रा गोठ’

    २०७८ भदौ १७ गते बिहिबार | राजेन्द्र भट्ट

    करिब साढे पाँच दशकअघि स्थापना भएको कञ्चनपुर जिल्लास्थित महेन्द्रनगर कारागार यतिबेला ‘भेडाबाख्रा गोठ’ झैं भएको छ । कारागारमा क्षमता भन्दा झण्डैं पाँच गुणा बढी कैदी र थुनुवा हुलिएपछि यस्तो हविगत भएको हो ।

  • ब्राउन सुगरको कारोबारी र प्रयोगकर्ताको जालो फैलिदैं

    २०७८ भदौ १६ गते बुधबार | राजेन्द्र भट्ट

    चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा चिनिएको कञ्चनपुर जिल्ला केहिबर्ष यता लागुऔषध ब्राउन सुगर (खैरो हेरोईन) कारोवारको ‘अखाडा’ बन्दै गएको तथ्याकंले देखाएको छ । ब्राउन सुगरका तस्कर, कारोबारी र प्रयोगकर्ताको जालो नै सीमान्त जिल्लाभरी फैलिएको पछिल्ला घटनाक्रमले उजागर गरेको हो ।

  • सामाजिक अभियन्तालाई सम्मान

    २०७८ भदौ १३ गते आइतबार | पश्चिमनेपाल न्यज डट कम

    धूम्रपान, मद्यपान तथा लागूऔषध सेवन एवम् बेचबिखन बिरुद्धको अभियानमा सक्रिय संस्था हेल्प नेपाल कञ्चनपुर र समाजमा उज्यालो छर्नेहरुलाई सम्मान गर्दै आइरहेको संस्था मानसखण्ड फाउन्डेसनको सहकार्यमा  सामाजिक अभियन्ता भीमदत्त नगरपालिका वडा नं. १० तिलकेनीका नरेन्द्र राज जोशीलाई शनिबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ । हेल्प नेपालका अध्यक्ष  मदन चन्दको अध्यक्षता रहेको कार्यक्रममा मानसखण्ड फाउन्डेसनका अध्यक्ष रमेश पन्त मीतबन्धुले कार्यक्रममा उपस्थित महानुभावहरुमा स्वागत गर्दै समाजका लागि स्वतः स्फूर्त रूपमा लागिपर्ने व्यक्तिहरुलाई अझ उत्साहित पार्ने र युवापुस्तालाई प्रेरणा दिने उद्देश्य अनुरुप सम्मान गर्ने कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम भीनपा १० का वडा अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

  • महेन्द्रनगरमा गार्डेन मार्ट सञ्चालनमा

    २०७८ भदौ १३ गते आइतबार | लक्ष्मणदत्त पन्त

    महेन्द्रनगरमा नयाँ मार्ट ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर सञ्चालकले कार्टको औपचारीक रुपमा सञ्चालन भएको जनाएका छन् । कञ्चनपुरको मुख्य व्यवसायीक केन्द्र महेन्द्रनगरमा करिब १० करोडको लगानीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको हो । शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले महेन्द्रनगरको चम्मन चौराहमा डिपार्टमेन्टल स्टोर स्थापना गरेको हो । सहकारीहरुमा मार्ट सञ्चालनमा ल्याउने शिव शिखर सहकारी पहिलो संस्था हो ।

  • घृणित कार्य गरे बाफत प्रशासनको रहोबरमा माफि

    २०७८ भदौ ११ गते शुक्रबार | Paschim Nepal News

    कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्ता शान्ति नाथले प्रशासनको रहोबरमा माफि मागेकी छिन ।