२०७९ माघ २२ गते आइतबार | आस्था जोशी
महेन्द्रनगर : प्रेस चौतारी नेपालको कञ्चनपुर शाखाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस भव्यताका साथ मनाएको छ । आईतबार विभिन्न कार्यक्रम गरि शाखाले आफ्नो २५ औँ स्थापना दिवस मनाएको हो ।
२०७९ माघ १६ गते सोमबार | पवन जोशी
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावलले अनाथ बालबालिकाहरुका लागि राज्य अभिभावक भएको बताएका छन् । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा स्थित महाकाली अञ्चल बाल अनाथालयमा सुदूरपश्चिम प्रदे्श सरकारको आयोजनामा आयोजित फलफुल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताएका हुन् । उनले भने, ‘अनाथालयको विकासका लागि प्रदेश सरकारले उचित कदम चाल्नेछ, एकै माघले जाडो जाँदैन समय छ, यसको विकासका लागि उचित काम गर्नेछौ, अनाथालयमा बस्ने उहाँहरु अनाथ होईनन्, उहाँहरुको अभिभावक राज्य हो ।’
२०७९ पुष २९ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : महेन्द्रनगर जेसिजको अध्यक्षमा दिपकराज जोशी निर्वाचित भएका छन् । महेन्द्रनगरमा शुक्रबार सप्पन्न ३६ औ शाखा अधिवेशनबाट जोशी सर्बसम्मत रुपमा निर्वाचित भएका हुन ।
२०७९ पुष ११ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
बैतडी: ९ वर्षअघि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा बाँजी मारेपछि एमाले नेता दामोदर भण्डारीले पछाडि फर्केर हेर्नुपरेको छैन्। पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको हैसियतमा रहेका उनले लगातार तेस्रोपटक जित निकालेपछि आज पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकारमा स्थान बनाएका छन्।
२०७९ पुष ११ गते सोमबार | पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।
२०७९ पुष ०६ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : दोधारा चाँदनी नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले दोधारा चाँदनीमा ५० शैयाको अस्पतालको आवश्यकता रहेकोले आफुहरुले यो प्रयासमा लागेको बताएका छन् । बुधबार प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा कञ्चनपुर शाखाको संयोजनमा दोधारा चाँदनीमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको पुर्ण बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
२०७९ पुष ०६ गते बुधबार | आस्था जोशी
महेन्द्रनगर : नेकपा एमालेमा केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा एमालेका नेता नन्दलाल चटौतले सिमामा सुरक्षाको प्रत्याभुती सरकारले दिन नसकेको बताएका छन् । बुधबार प्रेस चौतारी नेपालको आयोजना तथा प्रेस चौतारी कञ्चनपुरको संयोजनमा दोधारा चाँदनीमा आयोजित प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेशको पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
२०७९ पुष ०६ गते बुधबार | आस्था जोशी
महेन्द्रनगर : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार २० बुँदे घोषणापत्र जारी गरेको छ । बुधबार कञ्चनपुरको दोधारा चाँदनीमा आयोजित प्रदेशको पुर्ण बैठकले महत्वपुर्ण ५ वटा निर्णय सहित २० बुँदे घोषणापत्र जारी गरेको हो ।
२०७९ मङि्सर २३ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
काठमाण्डौ : नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए ।
२०७९ मङि्सर २३ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेर नाम बुझाउन पत्राचार गरेसँगै बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप बढेको छ । आकांक्षीको दौडधुप बढेपछि नेतृत्व भने दबाबमा परेको छ । दलहरुले निर्वाचित हुने उम्मेदवार छान्दा बन्द सूचीको क्रम मिच्न पाउने छैनन् । तर, संख्या कम हुनाले कुन समूह क्लस्टर भन्ने विकल्प भने छ । कुनै समूहबाट पुरुषलाई छान्दा त्यही समूहबाट महिला बाहिरिन र अर्को समूहबाट पुरुष बाहिरिन सक्छन् ।
२०७९ मङि्सर २३ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ । भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ । भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।
२०७९ मङि्सर ०८ गते बिहिबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा एमाले कञ्चनपुरका पुर्व अध्यक्ष, पुर्व प्रदेशमन्त्री एमालेका उम्मेदवार तारालामा तामाङले जित हात पारेका छन् । लामाले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी नेत्री तथा अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड)की बुहारी बिना मगरलाई ४ हजार ९११ मतले पराजित गरेका छन् । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरे ।
२०७९ मङि्सर ०७ गते बुधबार | पवन जोशी
महेन्द्रनगर : कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेका केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखक बिजयी भएका छन् । ९७ हजार ८२२ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार ९५५ मत खसेका थिए ।
२०७९ मङि्सर ०७ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेका केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखकको जित सुनिश्चित भएको छ । ९७ हजार ८२२ मतदाता रहेको यस क्षेत्रमा ५७ हजार ९५५ मत खसेका थिए ।
२०७९ मङि्सर ०७ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर: नेकपा (एमाले) का तर्फबाट कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा ९१० का उम्मेदवार वचन बहादुर सिंहले सम्पूर्ण मतदातालाई धन्यवाद र प्रतिस्पर्धीलाई बधाई दिएका छन्। गठबन्धनका तर्फबाट माओवादीका ओमविक्रम भाट (सरल) सँग ४ सय ७५ मतले पराजित भएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यबाद र प्रतिस्पर्धीलाई बधाई दिएका हुन्।
२०७९ मङि्सर ०७ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन क्षेत्र नं. २(ख) प्रदेश सभाबाट आफ्नो खाता खोलेको छ । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पुर्व सभापति बहादुर सिह थापा निर्वाचित हुनुभएसंगै काँग्रेसले खाता खोलेको हो ।
२०७९ मङि्सर ०७ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
डोटी : डोटीको प्रदेशसभा १ मा नेकपा (एमाले) का उम्मेदवार चक्र मल्ल विजयी भएका छन्। लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन्।
२०७९ मङि्सर ०७ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपर क्षेत्र नं. २ (क) प्रदेशसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ओमबिक्रम भाट(सरल) बिजयी भएका छन् । उनी एमालेका उम्मेदवार युवासंघका पुर्व अध्यक्ष बचनबहादुर सिंहलाई ४७५ मतले हराउँदै बिजयी भएका हुन् । भाटले १० हजार ९२५ र सिंहले १० हजार ४५० मत प्राप्त गरेका छन् ।
२०७९ मङि्सर ०७ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवार पल्लबराज भट्टले मतान्तर घटाएका छन्। सुरुवातदेखि पछाडि परेका भट्ट र प्रतिस्पर्धी नेपाली कांग्रेसका दिवानसिंह विष्टबीच १ सय ४५ को मतान्तर छ।
२०७९ मङि्सर ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुरमा रहेका प्रतिनिधिसभाका तिन क्षेत्रमध्ये दुईमा गठबन्धन र एकमा नेकपा एमालेले अग्रता लिएको छ । क्षेत्र नं. १ मा एमालेका उम्मेदवार पुर्व प्रदेशमन्त्री तारालामा तामाङ्ग ४ हजार ४६४ मतका साथ अग्र स्थानमा छन् भने उनलाई पुर्व संघिय खानेपानि मन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड) की बुहारी विना मगरले पछ्याई रहेकी छिन् । उनले २ हजार ७४ मत प्राप्त गरेकी छिन् । १० जना उम्मेदवार रहेको यस क्षे्त्रमा मुख्य प्रतिस्पर्धा पाँच दलिय गठबन्धनकी उम्मेदवार मगरसंग नै हुने अनुमान गरिएको छ । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेका थिए ।
२०७९ मङि्सर ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा पहिलो जित दर्ज गरेको छ। कैलाली ३ मा उक्त पार्टीका उम्मेदवार गंगा चौधरी विजयी भएका हुन्। खसेको ६३ हजार ४४० मतमध्ये चौधरीले २३ हजार १२० मत पाए। सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७ हजार ७४९ मा रोकिए।
२०७९ मङि्सर ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा पहिलो जित दर्ज गरेको छ। कैलाली ३ मा उक्त पार्टीका उम्मेदवार गंगा चौधरी विजयी भएका हुन्। खसेको ६३ हजार ४४० मतमध्ये चौधरीले २३ हजार १२० मत पाए। सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७ हजार ७४९ मा रोकिए।
२०७९ मङि्सर ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नंं २ मा प्रतिनिधिसभातर्फ सुरुवातदेखि अगाडी रहेका नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले मतान्तर बढाएका छन्।
२०७९ मङि्सर ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर: नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
२०७९ मङि्सर ०६ गते मङ्गलबार | पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर: नेकपा (एमाले)का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ। मंगलबार बिहान कैलाली–४ का उम्मेदवारसमेत रहेका भट्टको घरमा पसेको एक अपरिचित समूहले धम्की दिएपछि उनले सुरक्षा माग गरेका छन्।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.