समाचार


  • भिनपा वडा नंं ११ मा काँग्रेसका विद्यार्थी नेता थापा बिजयी

    २०७९ जेठ ०७ गते शनिबार | दिपकराज बिष्ट

    महेन्द्रनगर : भिमदत्त नगरपालिका वडा नं. ११ को अध्यक्षमा काँग्रेसका युवा तथा विद्यार्थी नेता नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी प्रकाश थापा प्यानल सहित बिजयी भएका छन् । उनी ७ सय ७७ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी समाजवादीका कुमारी बिश्ना पन्तले ३ सय ५९ मत प्राप्त गरेकी छिन् ।

  • भिनपा १० मा भारी मतान्तरका साथ काँग्रेसका चन्द बिजयी

    २०७९ जेठ ०७ गते शनिबार | दिपकराज बिष्ट

    महेन्द्रनगर :  भिमदत्त नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसका उम्मेदवार महेश चन्द दोब्बर मतका साथ प्यानल सहित बिजयी भएका छन् । उनले एक हजार दुई सय ५२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका दानबहादुर पालले ६ सय ९४ मत पाएका छन् ।

  • सडक दुर्घटनामा दुईको मृत्यु

    २०७९ जेठ ०६ गते शुक्रबार | दिपकराज बिष्ट

    महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनि व्यारेक नजिक पुर्वपश्चिम राजमार्गमा  सडक दुर्धटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दूई जनाको मृत्यु भएको हो । महेन्द्रनगरदेखि धनगढीतर्फ गईरहेको से १ च ४४८ नम्बरको जीप र  झलारीदेखि महेन्द्रनगरतर्फ आईहेको म २ प ६८९३ नम्बरको मोटरसाइकल बेलुकी ब्यारेक नजिकैको जङ्गलमा एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

  • निवर्तमान नगर प्रमुख विष्टद्धारा गाडी र ल्यापटपसहितका सामाग्री नगरपालिकालाई फिर्ता

    २०७९ जेठ ०६ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले आफुले प्रयोग गर्दै आएका सामाग्रीहरु फिर्ता गरेका छन् । निर्वाचित कार्यकाल सकिएसँगै नगर प्रमुख विष्टले गाडीसहितका सामाग्री फिर्ता गरेका हुन् । गत बैशाख २५ देखि नगरपालिकाको गाडी चढ्न छोडेका विष्टले बिहिबार आईपेड, ल्यापट(डेल), ल्यापटप(एप्पल) लगायतका सामाग्री फिर्ता गरेको नगरपालिकाले जनाएको छन् ।

  • कृष्णपुर ७ मा एमालेका राना निर्वाचित

    २०७९ जेठ ०६ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर । कृष्णपुर नगरपालिका ७ मा नेकपा एमालेका घुम्मन राना अध्यक्षमा निर्वाचित भएका छन् । उनले काँग्रेसलाई तीन सय मत अन्तरले हराएका छन् ।

  • एन्फा छानविन समितिको निष्कर्षः मुख्य प्रशिक्षकको विकल्प खोज्नु

    २०७९ जेठ ०६ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र ९ जना खेलाडीबीच विवादको सत्यतथ्य पहिल्याउन अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गठन गरेको समितिले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ । खेलाडी र प्रशिक्षक विवादले चर्को रुप लिएपछि एन्फाले अघिल्लो साता नेपाली सेनाका पूर्वरथी भिक्टर राणाको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विदूर विष्टसम्मिलित समिति गठन गरेको थियो ।

  • वेदकोटका नगरप्रमुखद्धारा पदभार ग्रहण

    २०७९ जेठ ०६ गते शुक्रबार | पवन जोशी

    महेन्द्रनगर : वेदकोट नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भोजराज बोहराले आफ्नो पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मदनसिंह धामीबाट शपथ ग्रहण गरी प्रमाणपत्र बुझेपछि सिसैयास्थीत नगरपालिकाको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।   पदभार ग्रहण लगत्तै उहाँले दुईओटा निर्णय गर्नुभएको छ ।

  • भिमदत्त १५ को अध्यक्षमा काँग्रेसका भट्ट निर्वाचित

    २०७९ जेठ ०६ गते शुक्रबार | दिपकराज बिष्ट

    महेन्द्रनगर :  एमालेको गढ (लालकिल्ला)मानिने भिमदत्त नगरपालिका वडा नं. १५ को अध्यक्षमा भुवनराज भट्ट निर्वाचित भएका छन् । उनी आफ्ना निकटतम प्रतिद्धन्दी एमालेका जयदेव भट्टलाई १ सय ५१ मतले पराजित गदै भट्ट प्यानल सहित निर्वाचित भएका हुन् ।  उनले ६ सय ७८ मत पाएका छन् ।

  • कञ्चनपुरमा पाँच पालिका र ६७ वडाको मतगणना सम्पन्न

    २०७९ जेठ ०६ गते शुक्रबार | लक्ष्मणदत्त पन्त

    महेन्द्रनगर : कञ्चनपुरमा पाँच पालिका र ६७ वडाहरुको मतगणना सकिएको छ । मतगणना भएका पाँच पलिकामा दुई पालिकामा एमाले, दुईमा काँग्रेस र एकमा माआवादी केन्द्रले प्रमुखमा बिजय हाँसील गरेको छ । दोधाराचाँदनी र लालझाडी एमाले, बेलडाँडी र वेदकोट काँग्रेस र बेलौरी नगरपालिकामा माओवादी केन्द्रले जित हात पारेका हुन् । यस्तै उपप्रमुखमा काँग्रेसले तीन र एमालेले दुई पालिकामा बिजयी भएको छ ।

  • कञ्चनपुरको शुक्लाफाँटामा कडा प्रतिष्पर्धा, मेयरमा एमाले २९१ मतले अगाडि

    २०७९ जेठ ०६ गते शुक्रबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर महराले अग्रता कायम राखेका छन् । नगरपालिकाका ९ वटा वडाको गणना सम्पन्न भएकोमा ४ हजार ८७८ मत ल्याउँदै महराले अग्रता कायम राखेका हुन्।

  • भिनपा–१७ को अध्यक्षमा काँग्रेसका बुढा निर्वाचित

    २०७९ जेठ ०५ गते बिहिबार | शम्भु प्रसाद भट्ट

    महेन्द्रनगर : भिमदत्त नगरपलिका वडा नं. १७ मा प्यानल सहित नेपाली काँगैसका पदमसिंह बुढा निर्वाचित भएका छन् । उनी ५ सय ७१ मत ल्याउँदै भारी मतान्तरले निर्वाचित भएका हुन् ।

  • भिनपा–४ मा अध्यक्षमा भट्ट सहित काँग्रेसको प्यानल बिजयी

    २०७९ जेठ ०५ गते बिहिबार | पवन जोशी

    महेन्द्रनगर : भिमदत्त नगरपलिका वडा नं. ४ मा नेपाली काँग्रेसको प्यानलै बिजयी भएको छ । काँग्रेसको गढ मानिने उक्त क्षेत्रबाट अध्यक्षमा शुसिलकुमार भट्ट ८ सय ८६ मतका साथ निर्वाचित भएका हुन् ।

  • एमालेले गुमायो बिरासत, वेदकोटको प्रमुखमा काँग्रेसका बोहरा र उपप्रमुख जोशी बिजयी

    २०७९ जेठ ०५ गते बिहिबार | शम्भु प्रसाद भट्ट

    महेन्द्रनगर : वेदकोट नगरपालिकामा नेकपा एमालेले आफ्नो बिरासत गुमाएको छ । १० वडा रहेको वेदकोटमा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ८ वडा सहित प्रमुख र उप–प्रमुख जितेको थियो । एमालेबाट निर्वाचित नगरप्रमुख सहित नेता कार्यकर्ता नेकपा समाजवादीमा प्रवेश गरेपछिको यस निर्वाचनमा एमाले अहिले २ वडामा मात्र सिमित भएको छ ।

  • शुक्लाफाँटा ७ मा एमालेका धामी दुई भोटले बिजयी

    २०७९ जेठ ०४ गते बुधबार | पवन जोशी

    महेन्द्रनगर : शुक्लाफाँटा नगरपालिका–७ मा एमालेका प्रतापसिंह धामी दुई भोटले बिजयी भएका छन्् ।  ७ सय २८ मत ल्याउँदै धामी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

  • कंञ्चनपुरमा समाजवादीले खोल्यो खाता, वेदकोट ८ मा जोशी बिजयी

    २०७९ जेठ ०४ गते बुधबार | पवन जोशी

    महेन्द्रनगर : कंचनपुरमा समाजवादीले पहिलो जितका रुपमा बेदकोट वडा ८ मा वडा अध्यक्ष जितेको छ । वेदकोट नगरपलिकामा माओवादीसंग गठबन्धन गरेर चुनावी मैदानमा आएको समाजवादीलाई जिल्ला भरीमै पहिलो जितका रुपमा उम्मेवदवार महेशराज जोशीले ५ सय ३४ मत ल्याउँदै जित दिलाएका हुन् ।

  • दोधाराचाँदनी प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस बिजयी

    २०७९ जेठ ०४ गते बुधबार | शम्भु प्रसाद भट्ट

    महेन्द्रनगर : कञ्चनपुरको महाकाली पारी रहेको एकमात्र पालिका दोधाराचाँदनी नगरपालिकामा एमालेले नगरप्रमुख र काँग्रेसले उपप्रमुखमा जित हाँसील गरेको छ । प्रमुखमा बिजयी एमालेका किशोरकुमार लिम्बुले ७ हजार एकसय ४ मत पाउएका छन् । उनका निकटतम प्रतिद्धन्दी काँग््रेसका गोपालदत्त भट्टले  ६ हजार १ सय ७२ मत प्राप्त गरे । कैची चुवाउचिन्ह लिएर चुनावि मैदानमा आउएका स्वतन्त्रका उम्मेदवार भिमबहादुर कुमाल १ हजार ९ सय ३४ मतका तस्रो स्थानमा उभिए ।

  • बेलौरीको प्रमुखमा चौधरी पुनः निर्वाचित

    २०७९ जेठ ०३ गते मङ्गलबार | पवन जोशी

    महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिकाको नगर प्रमुखमा पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । माआवादी केन्द्रबाट चुनावी मैदानमा रहनुभएका उहाँले ८ हजार ४ सय ९६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी कुमारी कमला बोहराले ६६१४ मत, नेपाली काँग्रसका हरेन्द्रसिह बिष्टले ५ हजार ९ सय ७९ मत प्राप्त गर्नुभएको छ । बेलौरीमा नगरप्रमुखका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

  • वेदकोटमा प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता कायमै

    २०७९ जेठ ०२ गते सोमबार | शम्भु प्रसाद भट्ट

    महेन्द्रनगर : वेदकोट नगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता कायमै रहेको छ । ५ हजार ८ सय ५७ मत गणना हुँदा नगर प्रमुखमा काँग्रेसको २ हजार ५९, एमालेको १ हजार ४ सय ५३, गठबन्धन (समाजवादी)ले १ हजार १ सय ७५ मत प्राप्त गरेका छन् ।  उपप्रमुखमा पनि काँग्रेस नै अगाडी देखिएको छ ।

  • बेलडाँडीमा गुम्यो एमालेको बिरासत, काँग्रेसका राना बिजयी

    २०७९ जेठ ०२ गते सोमबार | पवन जोशी

    बेलडाँडीमा गुम्यो एमालेको बिरासत, काँग्रेसका राना बिजयी महेन्द्रनगर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका हरिश चन्द्र राना निर्वाचित भएका छन् । एमालेले जित्ने गरेको उक्त पालिकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टलाई १ हजार ८ सय २ मत अन्तरले पराजित गर्दै काँग्रेसका राना अध्यक्षमा निर्वाचित भएका हुन् ।

  • दोधारा चाँदनीमा चार वडाको मतगणना सम्पन्न, प्रमुख र उप–प्रमुखमा काँग्रेसको अग्रता

    २०७९ जेठ ०२ गते सोमबार | नृगबहादुर शाह

    महेन्द्रनगर : कञ्चनपुरको दोधाराचाँदनीमा चार वडाको मतगणना सम्पन्न भएको छ । वडा नं. १, ५, ६ र १० मा मतगणना सम्पन्न भएको हो । वडा नं. १ मा एक  सदस्य बाहेक सबै सेट राप्रपाले जितेको छ । अध्यक्षमा बिक्रम चन्दले ८ सय ६ मत प्राप्त गरेर ३ सदस्य सहित जितेका छन् । उनका प्रतिद्धन्दी काँग्रेसले ५ सय ५ र एमालेका उम्मेदवारले ४ सय १२ मत प्राप्त गरे । एउटा सदस्यमा भने काँग्रेसले जितेको छ ।

  • भिदत्तमा शुरु भएन मतगणना

    २०७९ जेठ ०२ गते सोमबार | शम्भु प्रसाद भट्ट

    महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । वडा नं. १ को मतगणना सम्पन्न गरेर वडा नं. २ को आधा मतगणना हुँदा एक सयको बण्डलमा १ सय २० मत भेटिएपछि विवाद हुँदा आईतबार दिउँसो स्थगित गरिएको मतगणना अझै शुरु हुन नसकेको हो ।

  • कृष्णपुरमा डेढसय मत बढी देखिएपछि मतगणना स्थगित

    २०७९ जेठ ०२ गते सोमबार | आस्था जोशी

    महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुरमा केही समयकालागि मतगणना स्थगित गरिएको छ । कृष्णपुर नगरपालिका–९ पञ्चाधीन माध्यमिक विद्यालयको १ हजार ९ सय १४ मतपत्र गणना गर्दा २ हजार ६४ मत देखिएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले बताउनुभयो ।

  • निवर्तमान अध्यक्ष वडायकलाई हराउँदै लालझाडीको अध्यक्षमा एमालेका राना बिजयी

    २०७९ जेठ ०२ गते सोमबार | लक्ष्मणदत्त पन्त

    महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउँपालिकामा निवर्तमान अध्यक्ष मदनसेन वडायकलाई हराउँदै पालिकाको अधयक्षमा नेकपा एमालेका निर्मल राना बिजयी भएका छन् । गत निर्वाचनमा वडायकसंग राना पराजीत भएका थिए । उहिले उनले  ले ४ हजार ५ सय १६ मत प्राप्त गरेको निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिए । उनका निकटतम प्रतिद्धन्दी माओवादीका मदनसेन वडायकले २ हजार आठसय ५८ र नेपाली काँग्रेसका श्रीकष्ण रानाले २ हजार चार सय ६८ मत ल्याएका छन् ।

  • रमेश लेखकलाई नेता चन्दको चुनौती : १८ वर्षमा सिन्को भाँचेको उदाहरण छ ?

    २०७९ बैशाख १५ गते बिहिबार | शम्भु प्रसाद भट्ट

    महेन्द्रनगर : नेकपा एमालेका नेता तथा एमाले कञ्चनपुरका उपसचिव एवं प्रचार विभाग प्रमुख कर्णबहादुर चन्दले काँग्रेस नेता एवं पुर्वमन्त्री रमेश लेखकलाई ठाडो चुनौती दिँदै आफुले १८ वर्ष सत्तामा छदा गरेको विकासको विवरण जनातामाझ पेश गर्न चुनौति दिएका छन् ।

  • शुक्लाका मेयर उम्मेदवार : जसको प्रतिवेदनमा टेकेर अख्तियारले सयौँको नाममा मुद्दा दियो

    २०७९ बैशाख १४ गते बुधबार | पश्चिमनेपाल न्यज डट कम

    महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको मेयरको दौडमा छन्, रणबहादुर महरा । हक्की र निडर स्वभावका नेताको रुपमा चिनिने महराले नेकपा (एमाले) का तर्फबाट मेयरमा उम्मेदवारी दिएका हुन् ।