सुचिकृत राउटे जाति को जिवनस्तरमा भएन परिवर्तन

भत्ताकै भरमा जिविकोपार्जन गर्नुपर्ने वाध्यता

शुक्रबार १५, असोज २०७८ १२:५६    डिल्लीराज पन्त



भत्ताकै भरमा जिविकोपार्जन गर्नुपर्ने वाध्यता

डिल्लीराज पन्त/ कञ्चनपुर : एकै ठाउमा बस्न नरुचाउने र जंगलहरुमा बास बस्दै डुलीरहने लोपोन्मुख जातिमा पर्ने एक समुदाय हो राउटे समुदाय  । पछिल्ला डेढ दसक यता सरकार भने कैयों पटक परिवर्तन भए तर ति सरकारलेनै लोपोन्मुख जातिमा सुचिकृत गरेको समुदायमा भने कुनै परिवर्तन भएको देखिएन ।

विगतमा उनीहरु अन्य समुदायको रहन सहन र सभ्यता बाट टाढै रहन रुचाउने राउटे जाती पछिल्लो केही वर्ष यता भने अन्य समुदायमा घुलमील भई संगै बस्ने गरेको भएपनी उनीहरुको आर्थिक अवस्था भने उठ्न सकेको छैन  ।
झण्डै डेढ दशकअघि सुदु्रपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लावाट  बसाईसराई गर्दै आएका राउटेका केहि घर परिवार कञ्चनपुरको उत्तरी चुरे क्षेत्र आसपासमा बस्दै आईरहेका छन । कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने उनीरु कञ्चनपुर को भिमदत्त नगर –९ को  मटैना र खल्ला मछेटीमा अन्य समु्दाय संगै बस्तीमा आएपनी उनीहरुको जिवन स्तरमा भनै खासै परिवर्तन भएको पाईर्दैन ।


पुर्खौ देखी वन जंगलमा फल्ने तरुल, गिठा, भ्याकुर लगायत खाद्य अन्न फलफुलका  साथै जंगली जनावरको शिकार गरेर जिविका गरीरहेका राउटेहरु अहिले पनी वन जंगलमै जान र उतै बस्न रुचाउछन । राज्यले लोपोन्मुख जाती मा सुचिकृत गर्दे प्रति व्यक्ती मासिक २ हजार भत्ता दिने गरेपनी समयमा भत्ता नआउने, आएपनी भत्ताको पैसाले घरखर्च चलाउन र बालबालिका हुर्कान धौ धौ परेको भन्दै सरकारले थप गरीखान जग्गा जमिनको व्यवस्था गरीदिए केहि हद सम्म आफुहरुलाई राहत हुने राउटे समुदायकी कमला देवी रावत बताउछीन । श्रीमान हुदा त श्रीमानले केहि कतैवाट ल्याएर गुजारा गर्ने गरेको तर श्रीमान वितेपछि सरकारले दिने सानो भत्ताकै भरमा बाच्नुपरेको भन्दै उनले दुखेसो पोखेकी छन ।
समाजमा बसोवास थालेसँगै विभिन्न आयमूलक कार्य गर्न र मजदूरीमा लाग्न स्थानीयवासीले प्रेरीत गर्दै आएपनी सरकारले राउटेलाई केही सीप र काम दिएको भए केही हद सम्म आर्थिक समस्या टर्ने थियो , तर तर अधिकांश राउटे समुदायका महिला तथा पुरुषहरुमा शिप नहुँदा ज्याला मजदुरीको कामपनी मुस्कीलैले पाईने भएकाले उनीहरुलाई हातमुख जोर्न समस्या भएको देखिन्छ ।
भिमदत्त नगर – ९ का मोहन सिंह रावत आर्थिक समस्याकै कारण उच्च शिक्षा पढ्नबाट बन्चित भएको बताउछन्। आमाले गरेको ज्याला मजदुरीवाट आएको पैसा घर खर्चमै सकिने र उच्च शिक्षा पढ्न कतैबाट कसैले पनी सहयोग नगरेको भन्दै जिविकार्जनका निमित्त कामका लागी भारत तिर जानुपरेको बाध्यता भएको गुनासो गर्छन्  ।
कञ्चनपु्रमा रहेका अधिकांश अल्पसंख्यक राउटेहरु  गाउतिरै ज्याला मजदुरी गर्ने गर्दछन तर पछिल्ला २ वर्ष कोरोना महामारीका कारण उनीहरुले खासै मजदुरी समेत पाएनन्। सरकारले बसोवास का निमित्त केहि राउटे हरुका लागी घर समेत निर्माण गरीदिएका छन । 
जंगलमै वस्ने राउटेहरुले पहिले देखिनै जंगलवाट काठ संकलन गरी काठकै हस्तकलाका बस्तुहरु वनाएर केहि आर्थिक समस्या टाल्ने गरेको भएपनी पछिल्लो समय बस्ती छेउछाउका वन सामुदायिक वनमा रुपान्तरण भएपछि काठको भाँडाकुडा बनाउन वाट समेत वन्चित भएका छन । 
बस्नका लागी घर त सरकारले वनाईदियो तर शिक्षा स्वास्थ्य लगायत आधारभुत आवस्यकता समेत नपाएको गुनासो गर्दे अहिले सम्म विद्युत उपभोग गर्न नपाउदा अध्यारोमै वस्न बाध्य भएको राउटे किशन सिंह रावत वताउछन ।
सामाजिक सुरक्षा भत्ताले घरखर्च चलाइरहेका यहाँका राउटे समुदायका लागि केही समयअघि सांसद विकास कोषको रकमबाट भीमदत्त नगरपालिका–९ मटेनामा दुई कोठे पक्की घर निर्माण गरीदिएको छ । भिमदत्त नरपालिकामा मात्रै ६ घर परिवार राउटे समुदायको बस्ती रहेको छ ।
लोपोन्मुख जाति को समुहमा पर्ने राउटे जाति लाई सरकारले केन्द्रबाट नै बजेट दिने र स्थानिय सरकारले पनी वडा मार्फत उनीहरुलाई समय समयमा आयमूलक कामका लागि सीपमूलक तालीम दिने गरेको भएपनी अझै सो समुदायमा चेतनाको खासै विकास नभएको र केही वर्ष विद्यालय गएका हरुलेसमेत अहिले जंगलतिरै जाने, शिकारगर्ने र गाउ तिर त्यत्तिकै डुलीरहने गरेकाले उनीहरुलाई अहिलेको परिवेसमा ल्याउन असहज भएको कञ्चनपुरको भिमदत्त नगरपालिका का प्रवक्ता हिमाल वहादुर चन्द बताउछन ।
लोपोल्मुख जातिको पहिचान  रिति– रिवाज र संस्कृतिको जगेर्ना गर्न र उनीहरुको ईतिहास जोगाई राख्नका निमित्त सरकारले राउटे जातिलाई सुचिकृत गरेको छ त्यसैले पनी उनीहरुको बासस्थान को व्यवस्था र जिवनस्तर उकास्न सामान्य मासिक भत्ता मात्र नभई उनीहरुको चेतनामा विकास हुने खालका कार्यक्रममा थप जोड दिदै अझै थप सुविधा दिनुपर्ने देखिन्छ ।



प्रतिकृया दिनुहोस