शुक्रबार १५, असोज २०७८ ०४:१९ पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए ।
समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ । भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.