शनिबार १६, असोज २०७८ ०८:४२ आस्था जोशी
कपडामा २० प्रतिशत, जुत्तामा २० प्रतिशत, ब्याग, बेल्ट तथा पर्स र टोपिमा १५ प्रतिशत, ईलेक्ट्रोनिक एवं भान्सामा सामाग्रीमा १५ प्रतिशत र पेय पदार्थ खरिदमा दुई प्रतिशत छुट दिईने ।
आस्था जोशी/महेन्द्रनगर : गार्डेन मार्टले आज १६ गते शनिबारका दिन दशैं उत्सव मनाउन लागेको छ, मार्टले आफ्नो सञ्चालक संस्था शिवशिखर सहकारीको सेवा केन्द्र अन्र्तगत महेन्द्रनगर सेवा केन्द्रबाट सञ्चालित गार्डेन मार्टबाट विविध विद्यामा आकर्षक छुट सहित दशैं उत्सव मनाउन लागेको हो ।
पछिल्लो समयमा निकै चर्चामा रहेको सहकारी संस्थाले गार्डेन मार्ट संचालनमा ल्याएको छ । देशैभरिका पाँचवटा स्थानमा एकैसाथ नयाँ शाखाको उद््घाटन हुन गईरहेको खुशियालीमा आज शनिबार दशैँ उत्सव मनाईन लागेको प्रदेश प्रबन्धक हेमराज जोशीले बताए ।
प्रबन्धक जोशीले दशैको पुर्व सन्ध्यामा शुभकामना स्वरुप आजको दिनलाई उत्सवको रुपमा मनाउदैँ र खुशियाली स्वरुप आफ्ना शेवाग्राहीहरुलाई नगद छुट अफर दिएको बताए ।
आजको दिन गार्डेन मार्ट चितवन टाँडी, दमक, गाइघाट, ठैव र बाग्लुंगमा उद्घाटन हुने भएको हो । उत्सवको दिनमा महेन्द्रनगर स्थित गार्डेन मार्टमा सामान किन्न आउने ग्राहकलाई कपडामा नगद २५ प्रतिशत, जुत्तामा २० प्रतिशत, ब्यागमा १५ प्रतिशत , दैनिक उपभोग्यका सामाग्रीमा २ प्रतिशत छुट र भान्साका सामाग्री तथा इलेक्ट्रोनिकमा १५ प्रतिशत नगद छुटको अफर राखिएको प्रदेश प्रबन्धक जोशीले बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.