शनिबार १६, असोज २०७८ ०५:०४ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुरको लक्ष्मी माविको प्रध्यानाध्यापकमा शिक्षक प्रमानन्द नाथ नियुक्त भएका छन् । भीमदत्त नगरपालिका –१९ बाँगफाँटा स्थित लक्ष्मी माविको प्रअमा नाथ नियुक्त भएका हुन ।
विद्यालय व्यवस्थापन समितिको निर्णयले मावि तहका शिक्षक नाथलाई प्रअमा नियुक्त गरेको हो । भीमदत्त नगरपालिकाले गरेको दरबन्दी मिलान अन्र्तरगत गणित विषयमा माविका शिक्षक नाथ सरस्वती माविबाट लक्ष्मी माविमा सरुवा भएका थिए ।
गणित विषयमा अब्बल शिक्षकका रुपमा परिचित नाथ शिक्षक नेता पनि हुन । उनी एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आबद्ध छन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘उनले भने, ‘म र मेरो नेतृत्वको शिक्षकले सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धि गर्ने हर कदम प्रयास गर्ने छौँ, गछौँ, ‘हाम्रो प्रयासमा अभिभावक र सरोकारवालाको पनी साथ सर्मथन चाहिन्छ ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.