शनिबार १६, असोज २०७८ ०५:३४ डिल्लीराज पन्त
डिल्लीराज पन्त,महेन्द्रनगर : आउदै गरेकोे महान चाड दशैको अवसर पारेर भिमदत्त नगरपालिका– १२ ऐरीमा वडा स्तरिय तेस्रो टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
भिमदत्त नगरपालिका –१२ र जनसेवा युवा समाज ऐरीको साझेदारीमा विजेताले ठुलो धनराशी पाउने गरी असोज २० गते बाट क्रिकेट प्रतियोगिता संचालन हुने भएको हो ।
प्रतियोगिताका सम्पुर्ण खेल आईसिसि को नियम अनुसार टेनिस बल बाट खेलाईने र खेलाडि तथा दर्शकहरुले कोरोना सम्वन्धि स्वास्थ्यका मापदण्ड पालना अनिवार्य रुपमा गराई प्रतियोगिता सञ्चालन गरीने आयोजकले जनाईएको छ ।
आयोजक समितिले प्रतियोगिताकामा सहभागिताका लागी भिमदत्त नगरपालिकाका १९ वटै वडा कार्यालयमा निमन्त्रणा पत्र पठाई सकेको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको टिमलाई नगद रकम १ लाख १ हजार १ सय ११ सहित ट्रफि, मेडल , प्रमाण पत्रका साथै खसि र द्धितिय स्थान हासिल गर्ने टिमलाई नगद रु ५१ हजार एक सय ११ पुरुस्कार स्वरुप दिईने १२ नम्वर वडाका वडा अध्यक्ष कृष्ण सिंह देउपाले जानकारी दिए ।
प्रतियोगितामा सहभागिता हुन टिम दर्ता गर्दा सम्वन्धित वडा कार्यालयको सिफारीस अनिवार्य रहेको र सम्वन्धित वडाका खेलाडिहरुले मात्रै प्रतियोगितामा खेल्न पाउने जनसेवा युवा समाज ऐरीका सदस्य सुरेन्द्र बहादुर मल्ल (सुरी)ले जानकारी दिएका छन् । टिम दर्ता शुल्क प्रति टिम एघार हजार रहेको छ । प्रतियोगिताका सम्पुर्ण खेलहरु पुर्णा माध्यमिक विद्यालय ऐरीमा खेलाईने छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.