आइतबार १७, असोज २०७८ ०९:०५ आस्था जोशी
आस्था जोशी/महेन्द्रनगर: कञ्चनपुरको मुटुमा रहेको महेन्द्रनगर बजारमा गार्डेन मार्टले शनिबार दशैं उत्सव मनाएको छ । दशैं उत्सवमा उत्साहजनक सहभागिता रहेको प्रदेश प्रबन्धक हेमराज जोशीले बताए । उनले भने, ‘हामीले सोचेभन्दा बढी सहभागिता गराउन सफल भयौं, सन्तुष्ट छौं ।’
मार्टले शनिबारका दिन दशैं उत्सव मनाउने घोषणा गरेको थियो ।
मार्टले आफ्नो सञ्चालक संस्था शिवशिखर सहकारीको सेवा केन्द्र अन्र्तगत महेन्द्रनगर सेवा केन्द्रबाट सञ्चालित गार्डेन मार्टबाट सेवाग्राहीलाई दशैंको अवसरमा छुट दिने उद्देश्यले उत्सवको प्याकेज घोषणा गरेको थियो ।
पछिल्लो समयमा निकै चर्चामा रहेको सहकारी संस्थाको महेन्द्रनगर सेवा केन्द्रले महेन्द्रनगरमा गार्डेन मार्ट संचालनमा ल्याएको हो । देशैभरिका पाँचवटा स्थानमा एकैसाथ नयाँ शाखाको उद््घाटन भएकोे खुशियालीमा शनिबार उत्सव मनाईएको प्रदेश प्रबन्धक हेमराज जोशीले बताए ।
शनिबार गार्डेन मार्टले चितवन टाँडी, दमक, गाइघाट, ठैव र बाग्लुंगमा सेवा सुचारु गरेको छ । उत्सवको दिनमा महेन्द्रनगर स्थित गार्डेन मार्टमो सेवाग्राहीलाई कपडामा नगद २५ प्रतिशत, जुत्तामा २० प्रतिशत, ब्यागमा १५ प्रतिशत , दैनिक उपभोग्यका सामाग्रीमा २ प्रतिशत छुट र भान्साका सामाग्री तथा इलेक्ट्रोनिकमा १५ प्रतिशत नगद छुट दिईएको थियो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.