एक कार्यक्रमकाबिच नगर प्रमुख द्धारा उद्घाटन

भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली लागु

बिहिबार २१, असोज २०७८ १०:३६    पश्चिमनेपाल न्यज डट कम



भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली लागु

महेन्द्रनगर : भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । कञ्चनपुरको मुटुमा रहेको उक्त नगरपालिकाले मेट्रिक विधीबाट घर लगायतका संरचनाको नम्बरिङ्ग शुरु गरेको हो । बिहीबार एक कार्यक्रमकाे आयोजना गरी नगर प्रमुख सुरेन्द्र विष्टले मेट्रिक घर नम्बर प्रणालीको समुद्धघाटन गरेका हुन् । बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गर्दै नगर प्रमुख बिष्टले  घर लगायतका संरचनाको नम्बरिङ्ग शुरु गर्नु भएको हो ।

‘नगरपालिकालाई नागरिकका समस्या पहिचान गरेर नीति निर्माणका लागि हामीले आजदेखि घरको नम्बर हाल्न शुरु गरेका छौँ, उनले भने, ‘यो विधिबाट सबै वडाहरुमा सडक र घर नम्बरिङ्ग गछौँ ।’ नगरको एकिकृत दीगो विकास र सम्वृद्धिका लागि नगरपालिकाले थुप्रै योजना अघि सारेको बताउँनु हुदै नगर प्रमुख विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने बताए । आईडिसीका लिम लिडर थम्बराज श्रेष्ठले अब हरेक घरको जानकारी नगरपालिकालाई हुने बताए।

‘यो विधिबाट नागरिक र नगरपालिका दुवैलाई फाईदा हुन्छ,’ उनले भने, ‘पालिका र जनताको सम्बन्ध विस्तार पनि हुन्छ ।’ मुल सडकदेखि मिटरका हिसाबले घरमा नम्बीरङ्ग गरिने उनले बताए । सेवा सुविधा लगायत सुझाव संकलन एव अन्य विविध क्षेत्रका कामकाज सहजताका लागि सुविधा हुने उनको भनाई छ ।



प्रतिकृया दिनुहोस