जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

विजेतालाई जिउँदो उपाधि

बिहिबार २१, असोज २०७८ ०५:२२    नृगबहादुर शाह



विजेतालाई जिउँदो उपाधि

विजयादशमी तथा शुभ दिपावली २०७८ को पावन अवसरमा कञ्चनपुर जिल्ला ब्याटमिन्टन संघको आयोजना तथा भिमदत्त नगरपालिका वडा नं. ४ को सहआयोजनामा सञ्चालन भएको जिल्ला स्तरीय खुल्ला सिनियर पुरुष डबल्स तथा जुनियर एकल प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।असोज १७ गते गते आईतबार देखि सञ्चालन भएको उक्त प्रतियोगितामा प्रतियोगितामा जिल्लाबाट सिनियर डबल्समा ५८ टिम र एकल जुनियरमा २२ जनाले भाग लिएका
थिए ।

 महेन्द्रनगरको कभर्डहलमा बिहीवार सम्पन्न प्रतियोगितामा जुनियर एकल तर्फ प्रकाश चन्द र सिनियर डबल्समा लक्ष्मण चन्द, भोजराज पन्तले उपाधी जितेका छन् । विजेता जुनियर एकलतर्फ प्रकास चन्दले सौरभ बमलाई र सिनियर तर्फ लक्ष्मण चन्द र भोजराज पन्तको टिमले दिल बहादुर धामी र पवन सिंहको टिमलाई सोझो सेटमा हराएका हुन । यसैगरी प्रतियोगितामा सिनियर डबल तर्फ किसोर जोशी, रामचन्द्र रेग्मी र पदम भट्ट र सुरेन्द्र मल्ल तेश्रो भएका छन् । एकल जुनियरमा गणेश धामी र निखिल भट्ट तृतीय भएका छन् । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष  मिनराज भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिताको प्रमुख अतिथि सुदुरपश्चिम सरकारका सामाजीक विकास मन्त्री माननीय लाल बहादुर खड्का रहेका थिए । 
कार्यक्रममा विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेशका पूर्व राज्यमन्त्री प्रकाश रावल र नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष गोविन्द स्वाँर रहेका थिए । 

यसैगरी अतिथिमा जिल्ला खेलकुद समितिका अध्यक्ष ओम बस्नेत, भिमदत्त नगरपालिका वडा नं. ६ वडाध्यक्ष हरकसिंह धामी, वडा नं. ४ अध्यक्ष लक्ष्मीदत्त बोहोरा,  वडा नं. १८ अध्यक्ष्य राजेन्द्र पाण्डेय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, बक्सिङ्ग ओलम्यिन डम्बर दत्त भट्ट, जिल्ला ब्यामिन्टन संघ प्रमुख सल्लाहकार लक्ष्मीदत्त पाण्डेय, जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख गोपाल दत्त भट्ट, ब्याडमिन्टन संघ सल्लाहकार तेजबहादुर चन्द, रामचन्द्र रेग्मी, चेतमान खड्का, दिनेश श्रेष्ठ, नेपाल प्रहरी पूर्व प्रहरी महानिरिक्षक प्रेमबहादुर चन्द, ब्याडमिन्टन राष्ट्रिय च्याम्यिन दिपेश धामी तथा विभिन्न पालिका संघका अध्यक्ष रहेका थिए । 


समापन समारोहका प्रमुख अतिथि तथा सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले यसै वर्ष बहुउद्देश्यी कबर्डहलको शिल्यान्यास गर्ने र चाडै नै प्रशिक्षक उपलब्ध गराउने प्रतिवद्धता समेत जाहेर गरेका छन् । सिनियर डबल्स विजेतालाई खसी र जुनियर एकल विजेतालाई ५ हजार नगद सहित ब्याटमिन्टन पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा सिनियरको विजेताको उपाधिको कुमार श्रेष्ठ निर्माण सेवाले तथा जुनियरको उपाधि सुडाफार्म सेन्टर्मले प्रायोजन गरेको संघका अध्यक्ष भट्टले बताए ।

 ब्याडमिन्टनका उदयमान खेलाडी आशिष खत्रीलाई प्रीति स्टेशनरीले र जुनियर विजेता प्रकाश चन्दलाई ज्ञान भण्डारले ब्याडमिन्टनको ¥याकेट एक÷एक थान उपलब्ध गराएका छन् । ब्याडमिन्टन संघका सचिव राकेशबहादुर चन्दले सञ्चालन गरेको कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष भट्ट ले  जुनियरलाई प्रशिक्षण गर्न प्रशिक्षक तथा ब्याडिमन्टनको समग्र विकास का लागी तथा समस्त खेलकुदको विकास का लागि आवश्यक पहल गरी खेलाडीको भविष्य   निर्माणको लागि प्रदेश सरकारलाई माग गरेका छन् । जुनियरलाई संघको तर्फबाट तथा आफ्नो व्यक्तिगत तर्फ हुने सहयोग गर्न पछि नहट्ने समेत बताए ।



प्रतिकृया दिनुहोस