रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

सरकार चुनाव सार्न अर्को परमादेश पर्खिरहेको छ : निवर्तमान अध्यक्ष सिंह

मङ्गलबार ०६, बैशाख २०७९ ०१:३९    पश्चिमनेपाल न्यज डट कम



सरकार चुनाव सार्न अर्को परमादेश पर्खिरहेको छ : निवर्तमान अध्यक्ष सिंह

महेन्द्रनगर । सत्ता गठबन्धनले स्थानीय निर्वाचन सार्ने प्रयास गरिरहेको राष्ट्रिय युवा संघ नेपालका निर्वतमान अध्यक्ष बचनबहादुर सिंहले बताएका छन् ।

परमादेशी सरकार स्थानीय तहको निर्वाचन रोक्न फेरि अर्को परमादेशको पर्खाइमा रहेको उनको भनाई छ । ‘परमादेशबाट बनेको सत्ता गठबन्धनको सरकार स्थानीय तहको निर्वाचन रोक्न परमादेशनै कुरीरहेको छ,’ उनले भने, ‘कहाँ जालिस मछली मेरै ढडिया, काल आईसकेको छ, गठबन्धन सरकारको मृत्यु निश्चित छ ।’ 

गठबन्धनकाविरुद्ध देशैभरका ईमानदार कार्यकर्ता र नेपाली नागरिक रहेको उनले बताए । ‘देशैभरका ईमानदार कार्यकर्ता र नेपाली नागरिकको जबर्जस्त बगावत देखिएपछि गठबन्धनले जनताको बिश्वास गुमाई सकेको छ,’ उनले भने, ‘अब जनताले गठबन्धनलाई बिश्वास गर्ने अवस्था छैन् । 



प्रतिकृया दिनुहोस