बुधबार ०७, बैशाख २०७९ ०७:११ पवन जोशी
महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगर बजारमा सञ्चालित निःशुल्क हेड मसाज शिविर बुधबार सम्पन्न भएको छ । इमामी कम्पनीद्वारा सञ्चालित नवरत्न बीट मसाज शिविरमा पाँच सय बढीले सेवा लिएको आयोजकले जनाएको छ । मंगलबार र बुधबार महेन्द्रनगर बजारको भानुचोक र मदनचोकमा शिविर सञ्चालन गरिएको थियो । कम्पनिले महेन्द्रनगर जस्तै देशभरी निशुल्क हेडमसाज शिविर संचालन गरेको ब्रान्ड प्रबन्धक विकास तिवारीले बताए । उनले भने,‘कम्पनीले देशका विभिन्न स्थानमा १ सय ५० दिन शिविर संचालन गर्ने छ ।’
महेन्द्रनगरसँगै काठमाडौं, पोखरा, नेपालगन्ज, जनकपुर, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत प्रमुख सहरमा १५० दिनसम्म निःशुल्क हेड मसाज शिविर सञ्चालन गरिने प्रबन्धक तिवारीले बताए । महेन्द्रनगरमा मसाज गरेर सेवालिनेहरु खुसी भएर गएको महेन्द्रनगरमा शिविरको सञ्चालनको जिम्मा लिएका एरिया सेल्स अफिसर नविन ऐरले बताए । उनले भने,‘सेवाग्राहीहरु खुसी भएका छन्, मसाज गरेपछि नवरत्न तेलको फाईदाका बारेमा समेत बताएका छौ ।’
नवरत्न हेयर आयल ९ आयुर्वेदिक जडीबुटीबाट बनेको तेल भएकाले टाउको र शरीरको मसाजको लागि प्रयोग गरिने ऐरले बताए । यसले गहिरो आराम, मानसिक तनाव, शरीरको दुखाइलाई कम गर्नुका साथै शारीरिक र मानसिक आराम दिने ऐरको भनाई छ ।
भोलि(बिहीबार) कञ्चनपुरको झलारी बजारमा शिविर सञ्चालन गरिने ऐरले जानकारी दिए । उनले भने, ‘भोलि हामी झलारी बजारमा हुन्छौ, सम्पुर्ण उपभोक्ताहरुमा सेवाको मौका दिन आह्वान गर्दछु ।’
नेपालमा १० लाख मानिसलाई निःशुल्क हेड मसाज गर्ने योजना रहेको प्रवन्धक तिवारीले बताए । प्रत्येक वर्ष इमानी कम्पनीद्वारा निशुल्क मसाज कार्यक्रम संचालन गर्दै आएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.