वडालाई सडक सञ्जालले जोड्यौँ : वडाअध्यक्ष खाती

शुक्रबार ०९, बैशाख २०७९ ०२:०२    पश्चिमनेपाल न्यज डट कम



बेलडाँडी : कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ का जनप्रतिनिधीले पाँच बर्षे उपलब्धी सार्वजनिक गरेका छन ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचत हुन लागेसंगै बेलडाँडी २ नम्बरका जनप्रतिनिधीले पाँच बर्षको अवधिमा परेका कामकाज योजना सार्वजनिक गरेको हो ।
शुक्रबार गाँउपालिका २का वडाध्यक्ष प्रेमराज खातीले आफ्नो कार्यकालमा भएका विकास निर्माणका योजना सार्वजनिक गरेका छन । ‘हामी निर्वाचित भएर आउँदा वडामा सडकको बेहाल थिए, ‘उनले भने, ‘सबै सडकको स्तर बृद्धि गरेका छौँ ।’
२ नम्बर वडा पालिकाका सबै वडासंग जोडिएको वडा भएकाले सडक विस्तारमा चुनौतीका बाबजुत पनि सडक विस्तार गरेको वडाध्यक्ष खातीले बताए । ‘वडाका सबै सडक स्तरबृद्धि गरेका छौँ, ‘अध्यक्ष खातीले भने, पाँच, सात नयाँ सडक खोलेका छौँ ।’
वडामा रहेका पुल पुलेसा निर्माणका साथै सडक विस्तार गरेर केही कालोपत्रे गरिएको बताए । वडामा स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुद, कृषि, व्यवसायिक सीप तालिम लगायतका योजना अघि बढाईएका छन । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसीदेखि अन्य सुविधा विस्तार भएको बताउदै १५सैयाको अस्पताल निर्माणका लागि टेण्डर भएको बताए ।
वडामा रहेका सबै सामुदायिक विद्यालयको भौतिक संरचनाका साथै १ देखि  ५ कक्षा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पोषाक वितरण गरिएको छ । कालिकिचबाट प्रवेसद्वार निर्माणदेखि संरक्षण, पर्यटन प्रर्बद्धनका लागि थुप्रै काम भएको दावि गरे । महिलालाई शसक्तिकरण गराउनुका साथै महिला सुरक्षित भवन निर्माण गरिएको बताए । खानेपानीको काम अन्तिम चरणमा पुगेको छ ।
कृषिको विकासका लागि डिपुडुबेल बिउबिजन वितरणका साथै कृषकलाई यन्त्र,तालिम प्रदान गरिएको बताए । सौर्यबत्ति जडानदेखि थुप्रै साना योजना सम्पन्न भएको वडाध्यक्ष खातीले बताए ।
‘हामीले निर्वाचनका लागि ३५ बुँदे घोषणा पत्र मध्ये २६ बुँदा पुरा गरेका छौँ, ‘उनले भने, ‘बाँकी कार्य बजेट अभावका कारण गर्न सकेनौँ ।’ वडाध्यक्ष खातीले आफ्नो कामको मुल्याङ्गकन गरेर पुन पाटीले जिम्मेबारी दिने आशा व्यक्त गरेका छन ।
अहिले सम्म कञ्चनपुरका ९२ वडा मध्ये ३ वडाले मात्र आफ्ना पाच बर्षे दाैरानमा प्रगति बिवरण पेस गरेका छन् । ती मध्ये भीमदत्त नपा २, शुक्लाफाटा नपा २ र बेलडाँडी गापा २ ले मात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन ।



प्रतिकृया दिनुहोस