सुदूरपश्चिममा गठबन्धनका कारण सत्तारुढ दलमै आयो फाटो

शुक्रबार ०९, बैशाख २०७९ ०३:४४    पश्चिमनेपाल न्यज डट कम



धनगढी :  सत्ताधारी गठबन्धन दलका टिकट आकांक्षीहरु कतिवेला गठबन्धनको निर्णय आउछ रु आफ्नो स्थानीय तह भागमा पर्छ कि पर्दैन  भन्ने कोतुहलता छ उनीहरुमा ।

टिकटका आकांक्षी मात्र होइनन्, दलका अगुवा नेता, कार्यकर्ताहरुपनि निर्णय पर्खिदा, पर्खिदै वाक्क भइसकेका छन् । ‘जे गर्ने हो चाँडै निर्णय आए हुन्थ्यो,’ गोदावरी नगरपालिकाका कांग्रेस नेता नरेन्द्र भट्टराई भन्छन्, ‘निर्णय गर्न निकै ढिलाई भइसकेको छ ।’  

हुन पनि प्राय हरेक दिन सत्ताधारी दलहरुको वैठक धनगढीमा बस्छ, कार्यकर्ताहरु साँझसम्म निर्णय कुरेर वस्छन्, तर राति नहुँदै निष्कर्षविहीन भएको खवर पाएपछि टिकटका आकांक्षीहरु निराश हुने गर्छन ।

यो क्रम चलेको साता भन्दा वढी भइसकेको छ । दलहरुबीच सहमति हुन नसक्दा गठबन्धन हुने दलका टिकट आकांक्षी मात्र होइनन्, कार्यकर्ता पनि निराश हुन थालेका छन् । ‘गठबन्धनको गाँठो फुकाउन मुश्किल भएको छ,’ कैलाली कांग्रेसका सचिव नृप सुनार भन्छन्, ‘जति ढिलो हुन्छ, त्यसको प्रत्यक्ष असर निर्वाचनमा पर्दै जाने छ । उम्मेदवारी मनोनयन दर्ताको ३ दिन मात्र बाँकि छ, टिकट फिक्स भएको छैन ।’

धनगढी उप महानगरपालिका कांग्रेसको भागमा परेको छ । तर, उम्मेदवार छान्न पार्टीभित्र महाभारत चलिरहेको छ । स्थानीय तहमा पार्टीहरुले कसलाई उम्मेदवार वनाउने भन्ने निर्णय हुन अझै समय लाग्ने सचिव सुनारले बताए ।  ‘सवै कुरा लथालिंग अवस्थामा छ,’ उनले भने ।

दार्चुला र बझाङमा गठबन्धनका दलहरुबीच स्पष्ट सहमति भइसकेको छ । एक मात्र उप महानगरपालिका कसले लिने भन्ने पनि तय भइसकेको छ । सुदूरपश्चिममा अन्य जिल्लामा भने अझै पूर्ण सहमति हुन सकेको छैन । 

नेकपा माओवादीका एकजना केन्द्रिय सदस्य भन्छन्, ‘बाजुरामा सामाजवादीसँग वडाको बिषयलाई लिएर कुरा नमिल्दा निर्णयका लागि प्रदेशमा पठाइएको छ ।’ 

ती सदस्यले यस्ता साना साना बिषयमा नेताहरुबीचको इगोका कारण सहमतिमा ढिलाई भइरहेको जानकारी दिए । बैतडीका तीनवटा पालिकामा भागबण्डा भएको छ । ७ पालिकामा अन्यौल छ । अछाम, डोटी र डडेलधुरामा पनि कार्यकर्ता भन्दा नेताहरुको इगोका कारण सहमति हुन नसकेको हो ।

प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा पनि नेताहरुका ब्यक्तिगत नाफा घाटाका कुरा नमिलेका कारण निर्णयका लागि प्रदेश पठाइएको छ । यहाँ पनि गठबन्धन नहुने सम्भावना बढी छ ।

सवैभन्दा वढी स्थानीय तह भएका तराइका कैलाली र कंचनपुरको बिषयमा प्रदेशले टुंग्याउन नसकेपछि निर्णयका लागि केन्द्रमा पठाउने मनस्थितिमा दलहरु छन् । कैलालीमा १३ र कंचनपुरमा ९ वटा स्थानीय तह छन् । कैलाली कांग्रेसका सचिव सुनार भन्छन्, ‘आज साँझसम्म निर्णयका लागि केन्द्र पठाउने तयारीमा दलहरु छन् ।’

सम्भवत शनिवारसम्म पनि निर्णय हुन सकेन भने वेग्लावेग्लै लड्ने या केन्द्रलाई जिम्मा दिने वाहेक अर्को विकल्प दलहरुसँग नरहने सुनारले बताए । ‘केन्द्रले आफैँ पनि हस्तक्षेप गरेर निर्णय गर्न सक्छ,’ उनले भने ।

नेकपा माओवादीका केन्द्रिय सदस्य टिकेन्द्र भट्ट अहिलेसम्म संख्या बाँडफाँडमै कुरा अट्केको वताउछन । भट्टले भने, ‘सवै दलले आफ्नो, आफ्नो केन्द्रमा रिर्पोट गरेपछि निर्णय हुन्छ ।’

नेकपा ९एकीकृत समाजवादी० का प्रदेश अध्यक्ष बिक्रम शाही भने १० गते साँझसम्म भएपनि निर्णय हुने वताउछन । शाहीले सवै दलहरुले स्वमुल्यांकन अलि वढी नै गरेका कारण गठवन्धनको गाँठो फुक्न नसकेको वताए । ‘अर्को विकल्प छैन्, अन्तिममा आएर पनि दलहरुबीच सहमति हुन्छ,’ उनले भने ।

कांग्रेसका प्रदेश अध्यक्ष बीरबहादुर बलायर सकेसम्म प्रदेशमै सहमति खोज्नुपर्ने बताउछन । ‘केन्द्र पठाउदैनौँ, भोलिसम्म पनि सहमति भएन भने बेग्लाबेग्लै र सौहाद्रपूर्ण रुपमा निर्वाचनमा जाने निर्णय गछौँ,’ उनले भने ।

नेताहरुले जे भने पनि डडेल्धुराको परशुराम नगरपालिका, डोटीका केही पालिका र कञ्चनपुरमा कांग्रेस नेता एनपी साउँदको क्षेत्रका पालिकालाई लिएर समस्या भएको वैठकमा सहभागी एक नेताले जानकारी दिए । उनले भने, ‘अन्यत्रको समस्या ठूलो छैन् ।’



प्रतिकृया दिनुहोस