भिमदत्तमा शिक्षक आन्दोलन : हलाे अड्काएर गाेरु चुट्ने कार्य

‘आन्दोलन गर्न शिक्षा शाखामा ताला लगाएको पुष्टि’

मङ्गलबार ०८, भदौ २०७८ ०२:५४    लक्ष्मणदत्त पन्त



‘आन्दोलन गर्न शिक्षा शाखामा ताला लगाएको पुष्टि’

महेन्द्रनगर,

 बिगत ३७ दिनदेखि भिमदत्त नगरपालिकामा आन्दोलनरत शिक्षकहरुले आन्दोलन गर्नकै लागि भिमदत्त नगरपालिकाको शिक्षा शाखामा ताला लगाएको पुष्टि भएको छ । नगरपालिकाले शिक्षक दरबन्दी मिलान गरेपछि नेपाल शिक्षक संघले आफुले मागेको सुचना नदिएको र दरबन्दी मिलानमा विधि सम्वत नभएको भन्दै आन्दोलन गर्दै आएको छ । नाटकीय रुपमा उनिहरुले आन्दोलन गरेको सोमबार पुष्टि भएको हो । गत शुक्रबार उनिहरुले शिक्षा शाखामा लगाएको ताला खोलेपछि मुल गेटमा ताला लगाउन खोज्दा झडपको स्थिती सृजना भएको थियो । ताला खुलेसंगै नगरपालिकाले आईतबार आफुले चलाईरहेको  नगरपालीकाको वेवसाईटमा सोमबार उनिहरुलाई लिखित रुपमै सहजै सुचना उपलब्ध गराएको छ । यससंगै नेपाल शिक्षक संघले लगाएको पहिलो आरोप गलत रहेको पुष्टि भएको हो । नेपाल शिक्षक संघले नाटकीय रुपमा पहिले सुचना भएको शाखामा ताला लगाएर पछि सुचना माग्न निवेदन दिएको प्रष्ट भएको छ । सुचना भएको शाखामा तालाबन्दी भएपछि उक्त सुचना नपाईने पक्कापक्की हुने र आन्दोलन गर्न पाउने भएपछि त्यसो गरिएको देखिएको हो । 
 

आफुहरुले सुचना दिईसकेको र नगरपलिकाले विधिसम्बत काम गरेको नगरपलिकाका प्रवक्ता हिमाल चन्दले बताए । ‘हामीले सुचना दिईसकेका छौ, नदिने हाम्रो नियत नै होईन तर सुचना भएको फाँटमा पहिले तालाबन्दी गर्ने र सुचना पाएनौ भनेर आन्दोलन गर्ने उहाँहरुको नियत देखिन्छ ।’उनले थपे, ‘सबै उनिहरुको माउ पार्टी नेपाली काँग्रेसको निर्देशनमा परिचालित भएको जस्तो लाग्छ, दरबन्दी मिलान पनि नेपाल शिक्षक संघको सहमतिमै गरिएको हो, जसका लागि केही व्यवहारिकता पनि हेरिएको थियो ।’


दरबन्दी मिलान विधि प्रक्रिया अनुसार : जोशी 

  भिमदत्त नगरपलिकाका शिक्षा शाखा प्रमुख हरि दत्त जोशीले दरबन्दी मिलान नियम र विधिसम्बत भएको दावि गरेका छन् । उनले सबै प्रक्रिया मिलाएर निर्णय गरिएको छ । उनले भने, ‘हामीले ऐन कानुन विधि प्रक्रिया सबै मिलाएर दरबन्दी मिलानको काम गरेका हौं, अझै विवाद नहोस् भनेर हामीले सबै शिक्षकसंग जोडिएका संघ संगठनहरुसंगको सहमतीमा साझा अवधारणा पनि बनाएर काम गरेका छौ ।’

      कञ्चनपुरको भीमदत्त नगरपालिका अन्र्तगत २०७४ सालमा शिक्षा हेर्ने अधिकार नगरपालिकाले प्राप्त गरेको थियो । त्यसपछि पहिलो पटक भिमदत्त अन्र्तगत रहेका विद्यालयहरुमा विद्यार्थी संख्याका आधारमा दरवन्दी मिलान गरिएको हो । बिभागको परिपत्र, भिनपाले आफै गठन गरेको दरबन्दी मिलान सम्बाद समिति, दरवन्दी मिलान कार्यविधि २०७६ र विभागको २०७७ भदौ २९ गतेको परिपत्रका आधारमा दरबन्दी मिलान गरिएको शिक्षा शाखा प्रमुख जोशीले बताए । उनले भने, ‘दरवन्दी मिलान गर्दा सबैको सहमतिमा गरिएको हो, उतिबेला सबैको सहमति थियो, पछि मान्छेका बिषयमा शिक्षक संघको असन्तुष्टि रहेको छ ।’
यसअघि सत्तारुढ दल नेपाली काँग्रेसबाट भिमदत्त नगरपालिका वडा नंं. ११ बाट निर्वाचित वडा अध्यक्ष प्रेम जैसीको संयोजकत्वमा दरवन्दी मिलान गर्ने सम्बन्धी सम्बाद समिति बनेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा दरवन्दी मिलान गरि भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिको असार ३१ मा सम्पन्न बैठकले सर्वसम्मत निर्णय अनुसार शिक्षक दरबन्दी मिलान सम्बन्धि निर्णय गरेको थियो ।

      यसपछि साउन ३ गते देखि दरबन्दी मिलानका विरुद्धमा तालाबन्दी गरिए पश्चात पनि नेपाल शिक्षक संघका पदाधिकारीहरु संग पटक–पटक औपचारिक र अनौपचारिक रुपमा छलफल, वार्ता एवं संम्वाद गरिएको भिमदत्त नगरपालिकाले जनाएको छ ।                                के शिक्षकको सरुवा अन्याय हो ?


      दरबन्दी मिलान तथा सरुवापछि भिमदत्तमा देखिएको विवादले शिक्षकहरुको सरुवा अन्याय हो कि होईन भन्ने आवाज उठ्न थालेको छ । कुनै पनि सरकारी कर्मचारी तथा अन्य पेसासंग आबद्ध सरकारी तलब खाने व्यक्तिले सरकारले खटाएको ठाउँमा गएर तोकिएको कर्तव्य पुरा गर्नपर्ने कानुनी व्यवस्था रहेकोछ ।

           कर्मचारी तथा अन्य विभागमा कार्यरत व्यक्तिले खटाएको ठाउँमा जान नचाहेमा राजिनामा गरेर निकास दिनु पर्ने हुन्छ । शिक्षकहरुको संन्दर्भमा पनि त्यही नियम लागु हुन्छ तर शिक्षकहरु राजनितिक आडमा यो वा अन्य बाहानामा आफ्नो कर्तव्य बिर्सिरहेको सबैले महसुस गरेका छन् । 
              कार्यबिधिमा दरवन्दी मिलान गर्दा विद्यार्थी संख्याको आधारमा गर्नपर्ने र एकै ठाउँमा तिन बर्ष भन्दा माथि कार्यरत रहेको रहेको छ भने उसलाई नगरपालिका भित्र जुनसुकै विद्यालयमा पनि तह मिल्ने गरि पठाउन मिल्ने व्यवस्था रहेको शाखा प्रमुख जोशी बताउँछन् । उनले भने, ‘सरकारी कर्मचारीले खटाएको ठाउँमा गएर काम गर्नपर्छ, ३ बर्ष एकैठाउँ भएका जुनसुकैलाई पनि चलाउन पाउने व्यवस्था छ ।’             
सामुदायीक बिद्यालयको स्तर खस्कीनुमा नेता शिक्षक जिम्मेवार


         प्राविको शिक्षक भएर पनि निमावि, मावि र उच्च मावि चलाउने आर्थिक देखि शक्तिमै रहन मानर्मदनका लागि सिङ्गो शिक्षा क्षेत्र गुमराहमा राखेर आफ्नो व्यक्तिगत लाभमा उत्रिएको केही नेता शिक्षकहरुका कारण आज यो अवस्था सृृजना भएको छ ।

   आफु विधि प्रकृया र कानुन अनुरुप चलेको हुर्की लगाउने अरुमाथि गिद्दे नजरले हेर्ने केही नेता शिक्षकका कारण शिक्षण पेशा नै बदमान भईरहेको छ । केही नेता शिक्षक तह कम, शान उच्च, बोडिङ्गका मालिक, कोही बिमा कम्पनीका एजेण्ट देखि साँकृतिक कार्यक्रममा चहार्दै गित गाउनमै व्यस्त हुने र सरकारले विधी प्रकृया पु¥याएको काममा अवरोध गर्न निकै माहिर देखिएको यो अन्दोलनले स्पस्ट देखाएको छ । कञ्चनपुरको सामुदायिक विद्यालयको स्तर खस्कीनुमा यस्ता शिक्षकहरु नै मुख्य जिम्मेबार रहेका छन । 

बार्ताबाट समस्याको समाधान खोज्छौ : शिक्षक नेता धामी
 

      नेपाल शिक्षक संघ कञ्चनपुरका जिल्ला सचिब नविन सिंह धामीले आफुहरुले अब बार्ताबाट समाधान खोज्ने बताएका छन् ।

          मागेको सुचना पाएपछि आफुहरुको पहिलो माग पुरा भएको भन्दै उनले अब अध्ययन गरेर निष्कर्षमा पुग्ने र बार्ताका लागि प्रयास गरिने बताए । उनले भने, ‘हामीले आज सुचना पाएका छौ, विधि प्रक्रिया मिले नमिलेको हेछौ, अनि बार्ताबाट समाधान निकाल्छौ, तर आवश्यक परेमा कानुनी लडाईसमेत   लड्नेछौ ।’

 राजनीतीक प्रतिशोध साँध्न आन्दोलन 


        यसअघि नेपाल शिक्षक संघको आन्दोलन मेयर बिरोधी र राजनीतीक प्रतिशोध साँध्न रहेको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले बताएका छन् ।

       मेयरलाई गाली गलौज गर्ने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, नगर प्रहरीलाई बर्दी फाल्ने धम्की दिनु शिक्षकको आन्दोलन नभई राजनीतिक प्रतिशोध साँध्ने मात्रै देखिन्छ ।  शिक्षक संघले आन्दोलनमा सुरुदेखि नै मेयर विष्टलाई तारो बनाएको थियो । शिक्षा शाखामा तालाबन्दी गरेपछि दैनिक रुपमा मेयर विरुद्ध भाषण गरिएको थियो । संघका केही नेता र काँग्रेसका नेताले मेयरलाई लखेट्ने चेतवानी भाषणमा दिदैं आएका थिए ।
       आन्दोलनरत शिक्षक संघ र नेपालि काँग्रेसका नेता कार्यकर्ताले भीमदत्तका मेयर विष्ट र उप मेयर सुशिला चन्द विरुद्ध नाराबाजी र व्यक्तिगत रुपमा गालीगलौज गरेका थिए । नगरपालिकामा तालाबन्दी लगाउन जानेमा निर्मला पन्तलाई न्याय माग्दै नगरपालिका धर्ना दिने समूहका अधिकाँश अधिकारकर्र्मी सहभागी रहेका थिए ।


  कोही रोजगारीका लागि खाडीतिर, कोहीको सरकारी जागिरमा रजाई 


      नेपालमा धेरै सक्षम काबिल युवाहरु कोही बेरोजगार छन् त कोही खाडी मुलुकमा रात दिन नभनेर काम गरिरहेका छन् । सक्षम र पढेलेखेका युवाहरु समेत सामान्य श्रमिक बनेर खाडीमा काम गरिरहेको थुप्रै उदाहरण रहेका छन् । 

कोही देशमै चिया बचेर आफ्नो घर चलाउछन्, कोही सामान्य व्यवसाय, कोही दुध बेचेर त कोही कृषि पेशा गरेर, यिँ त केवल उदाहरण मात्र हुन् यस्ता यस्तै पेसा व्यवसाय गरेर बुझाईएको कर र विदेशबाट पठाएको रेमिट्यान्सबाट मासिक परिश्रमिक बुझ्ने सरकारी सेवामा आबद्धहरुले राम्रोसंग काम नगर्दा देशको अवस्था बिग्रिएको समाजसेविहरु बताउछन् । 
   उसो त नेपालमा खेताला शिक्षकले समेत धानेर केही बिद्यालयले चलीरहेका छन अध्ययन शिक्षण बिदा लिएर आफनो पेसा ब्यवसायमा लिन रहेका केही ब्यापारी शिक्षकले पनि आफुलाई पायक दरबन्दी नपाउँदा यो अवस्था सृजना भएको हो ।

समाजसेवि तथा लागुऔषध बिरुद्धका अभियन्ता तथा हेल्प नेपालका अध्यक्ष मदन चन्दले आफ्नो कार्यसम्पादन राम्रोसंग नगर्ने व्यक्तिका कारण शिक्षा क्षेत्र बर्बाद हुने अवस्थामा पुगेको बताए । उनले भने, ‘विद्यार्थीहरु संगै बसेर रक्सी खाने, नपढाउने, विद्यालय नजाने शिक्षकहरुका कारण विद्यार्थी बिग्रिएर देशको अवस्था नाजुक भएको छ ।’
  बेरोजगारीको यस्तो भयाबह स्तिथिमा हाम्रो देशमा सरकारी पेसामा आबद्धहरुलाई राम्रै रुपमा चित्रण गरिन्छ, उसले एक प्रकारको उच्च ओहादाको जिवनयापन गरिरहेको हामि पाउँछौ तर शिक्षकहरुले घरमै विद्यालय पठाईदिन आग्रह गरेको देख्दा आस्चर्य लागेको समाजसेवीहरुले बताएका छन् । यसले देश कता जाँदै छ त भन्ने सबैको चिन्ताको बिषय बनेको छ 



प्रतिकृया दिनुहोस