सार्वजनिक भवन तोडफोड गर्ने गिरोहलाई प्रहरीको संरक्षण

कार्बाहीको माग गर्दा समेत मुद्दा दर्ता भएन : सहकारी

शुक्रबार ११, भदौ २०७८ ०४:२१    पश्चिमनेपाल न्यज डट कम



कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्तालाई प्रहरीले कार्बाही गर्नुको साटो उल्टै संरक्षण गरेको सहकारीले जनाएको छ । सहकारी भवन तोडेको साता वितिसक्दा पनि प्रहरीले तोडफोड गर्ने गिरोहलाई कानुनी कार्बाहीको साटो सत्ताधारी काँग्रेसका केही नेताहरुको आडमा उल्टै संरक्षण गरेको सहकारीले जनाएको छ ।

 ग्त भदौँ ४ गते काँग्रेस पार्टी सत्तामा जाने वितिक्कै एमाले नेतृत्वको बेलडाँडी गाँउपालिकासंग राजनीतिक प्रतिशोध साँधेर महिलाहरुले संचालन गरेको सहकारी भवन तोडफोडमा उत्रिएको थियो । भवन तोडफोड गर्ने गिरोहकी नाईके काँग्रेस कार्यकर्ता शान्ति नाथ सहितका तोडफोडमा उत्रिएको गिरोहमाथि कार्बाहीको माग गर्दा समेत प्रहरीले सत्ताधारी काँग्रेस नेता कार्यकर्ताहरुको आडमा मुद्दा दर्ता समेत नगरेको दुखेसो छ ।

प्रहरीले सार्वजनिक सम्पत्ती तोडफोड गर्नेहरुलाई कार्बाही गर्न आलटाल र उल्टै संरक्षण गर्न थालेपछि सहकारीले शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा सहकारीकी अध्यक्ष कमल रेग्मी(जोशी)ले भवन तोडफोड गर्ने शान्ति नाथ सहितका व्यक्तिहरुमाथि कार्बाहीका लागि ईप्रका बेलडाँडीमा उजुरी दिदा समेत प्रहरी ईन्सपेक्टर रविन्द्र कठायतले कुनै कार्बाही नगरेको बताए ।

‘हामीले कार्बाहीका लागि प्रहरीमा निवेदन दिए, ‘उनले भनिन, ‘बेलडाँडी प्रहरी प्रमुखले सुन्दै सुनेनन्, उल्टै यो भवन निर्माण गर्ने ठेकेदारमाथि कार्बाही गर्नुपर्छ, ढुङ्गाले हानेर भवन टुट्यो, भन्दै प्रहरी तोडफोड गर्ने गिरोहकै पक्षमा बोले ।’ प्रहरीले यसरी कानुन हातमा लिएर उदण्ड मच्चाउने समुहलाई संरक्षण गरेकाले दोषि उपर कार्बाही नभएको उनले बताईन । बिहीबार त्यस विषयमा छलफल गर्दा काँग्रेसका केही नेताहरु हर्कदेव जोशी, गोपी उपाध्याय सहितका नेताहरुले तोडफोड गर्ने शान्ति नाथसंग होईन हामीसंग छलफल गर्नुहोस भन्दै भनेपछि सहमती नभएको उनले बताईन ।

‘भवन तोडफोड गर्ने शान्ति, अनि काँग्रेसी नेताहरुले आफुहरुसंग सहमती गरौँ भनेपछि हुन्छ, त ‘उनले भनिन, ‘जसले गल्ती गरेको हो, उसैले माफि माग्नुपर्र्छ ।’ सहकारीले गाँउपालिकाबाट गाँउवपालिकाकै स्वामित्वमा रहनेगरि भवन निर्माण गरिरहेको बताउदै उनले गाँउपालिका स्वामित्वमा रहेको ७२ विगाह जमिन भित्र व्यक्तिका घरदेखि अन्य संघ संस्थाहरुका घर संरचना निर्माण भएका छन । तर, टार्गेटमा किन ? सहकारी भावन । ‘हो शान्ति नाथले गाँउपालिकाको स्वामित्वमा रहेको पुरै ७२ विगाह जमिन खाली गर्न अभियान थालोस त्यस अभियानमा हामी साथ दिन्छौँ, ‘उनले भने, ‘१४सय शेयर सदस्य रहेको सहकारीमाथि यसरी भौतिक आक्र्रमण निन्दनिय छ ।’

समाजसेवी सरकारी सम्पतीको संरक्षण गर्ने नै उदेश्य भए पुरै खाली गर्न लागौँ आफुहरु समेत स्वागत गर्ने उनले बताईन । अध्यक्ष रेग्मीले संविधान सभा सदस्य दिवान सिह विष्ट, गोपी उपाध्याय, हर्कदेव जोशीले तोडफोड गरिएको भवन पूर्ननिर्माणका लागि गाँउपालिकासंग अनुरोध गर्नेदेखि चन्दा संकलन गरेरै भएपनि निर्माण गर्ने दवाव दिने तर वास्तविक दोषिबाट गल्ती स्वीकार गर्न नलगाउने कार्य भईरहेको दुखेसो पोखिन् ।

सहकारीकर्मीहरुले सहकारीको भवनमाथि आक्र्रमण गर्नेहरुले यदी साच्चिकै बेलडाँडीको ७२ विगाह जमिन खाली गराउने अभियान भए ठिक हुने नभए यो कार्य विकास बिरोधी भएको टिप्पणी गरेका छन । सत्ताको आडमा जे पनि गर्न पाईने भन्ने विषय गलत भएको बताएका छन । काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशी लगायतको समुहले काँग्रेस निकट सहकारीलाई समेत जमिन दिनुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएको र नदिएपछि साना किसानको भवन तोडफोड र सम्झौताको साईनबोर्ड तोडेर गैर लोकतान्त्रिक चरित्र देखाएको बताए ।

आपुलाई लोकतान्त्रिक पार्टी भन्ने तर, व्यवहार उदण्ड गर्ने भन्दै गाँउपालिकाका केही जनप्रतिनिधीले उक्त कार्यप्रति कटाक्ष प्रकट गर्दै गलत कार्यको केही काँग्रेस नेताहरुको संरक्षण गर्नु अझै निन्दनिय भएको टिप्पणी गरिरहेका छन । आफ्नो कार्यकर्तालाई अनुशासित र मर्यादित बनाउने की ? दण्डण्डीत ।

सुदूरपश्चिम प्रदेश कृषि सहकारी संघका संयोजक धर्मसिह कुँवरले गाँउको विकासका लागि काम गरिरहेको सहकारी भवन तोड्ने कार्य निन्दनिय भएको बताए । ‘गाँउपालिका संग केही असमती भए गाँउपालिकासंग छलफल उतै संघर्ष गर्नुपथ्यो, ‘उनले भने, ‘यो त सरासर गलत काम हो ।’ नेपाल कृषि सहकारी केन्द्रीय संघ शिक्षा उपसमिति सदस्य बिरेन्द्र बहादुर शाहले सहकारी भवन तोडफोड गैर कानुनी काम भएको टिप्पणी गरे । सहकारी भवन तोडफोडमा संलग्न शान्ति गिरीले आफुहरुले सार्वजनिक सम्पत्ती संरक्षणका लागि पहल गर्दा गाँउपालिकाले नसुनेका कारण बिरोध स्वरुप गाँउपालिका परिसरमा निर्माण भईरहेको भवन ढुङ्गामुढा प्रहार मात्रै गरेको र उक्त भवन सहकारीको भएको थाहा नभएको प्रतिकृया दिईन । उनले नै गाँउघरका सोझा महिलाहरुलाई गरिबको परिचय पत्र दिन्छु भन्दै बोलाएर तोडफोड गर्न लगाएको सहकारीले दावि गरेको छ । प्रहरीले बेलडाँडी घटनामा सानालाई ऐन सत्ता नजिक र शक्तिशालीलाई चैन गर्ने प्रवृतिको छर्लङगै उदाहरण देखाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले दोषिलाई बचाउने काम नभएको दावि गर्दै घटनामा संलग्नको यथेष्ट प्रमाण भएकाले छानबिन भईरहेको बताए ।



प्रतिकृया दिनुहोस