बुधबार १४, बैशाख २०७९ ०७:२३ शम्भु प्रसाद भट्ट
महेन्द्रनगर : भिमदत्त नगरपालिका वार्ड नम्बर १३ स्थित रहेको प्रहरी चौकी झोलुङ्गेले बुधबार वार्डका विभिन्न स्थानमा रहेका गाजाका बोटहरु नस्ट गरेका छन् ।
प्रहरी चौकी झोलुङ्गेका असई पदम साउदको नेतृत्वमा म्यादी प्रहरी र स्थानीय युवाहरुको सहभागितामा गाजाका बोटहरु नस्ट गरिएका हुन । आउदै गरेको स्थानीय निकायको निर्बाचन र किशोर किशोरीहरुको कुलत प्रतिको बढ्दो आकर्षणले समाजमाहुने अपराधिक क्रियाकलाप न्यूनीकरण गर्न गाजाका बोटहरु नस्ट गरेको चौकी ईन्चार्ज साउदले बताए ।
बर्तमान समयमा धेरै जसो युवाहरु लागुऔषधको सिकार भईसकेका र तिनीहरु समाजमा विभिन्न किसिमका अपराधिक गतिविधिहरुमा संलग्नहुने हुनाले उक्त गतिविधिहरु न्यूनीकरण गर्न आफुहरु लागिपरेको चौकी ईन्चाज साउदले बताए । तरुण दल वार्ड अध्यक्ष भोज बहादुर ठगुन्नाले प्रहरी चौकी झोलुङ्गे ले गरेको कार्यको प्रसंशा गर्दै आउदै गरेको निर्बाचनलाई मध्यनजर गर्दै प्रहरी चौकी झोलुङ्गेले वार्डमा शान्ति सुरक्षाको राम्रो अनुभुति दिलाएको बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.