रमेश लेखकलाई नेता चन्दको चुनौती : १८ वर्षमा सिन्को भाँचेको उदाहरण छ ?

बिहिबार १५, बैशाख २०७९ १०:४२    शम्भु प्रसाद भट्ट



रमेश लेखकलाई नेता चन्दको चुनौती : १८ वर्षमा सिन्को भाँचेको उदाहरण छ ?

महेन्द्रनगर : नेकपा एमालेका नेता तथा एमाले कञ्चनपुरका उपसचिव एवं प्रचार विभाग प्रमुख कर्णबहादुर चन्दले काँग्रेस नेता एवं पुर्वमन्त्री रमेश लेखकलाई ठाडो चुनौती दिँदै आफुले १८ वर्ष सत्तामा छदा गरेको विकासको विवरण जनातामाझ पेश गर्न चुनौति दिएका छन् । 
शुक्रबार एमालेको भिमदत्त नगरपलिकाको वडा नं. ४ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘१८ वर्षमा सत्तामा लेखक छदा मझगाँउ स्थित एयरपोर्ट गौचरणमा परिणत भयो, अञ्चल अस्पतालमा २ भन्दा बढी डाँक्टर कहिले भएनन् ।’ उनले थपे, ‘अहिले महाकाली प्रादेशिक अस्पतालमा २८ भन्दा बढी विशेषज्ञ डाक्टर छन्, तिनै तहको सरकारको लगानिमा एयरपोर्ट तग्रिन थालेको हामिले भनिराख्नु पर्दैन ।’ 
 रमेश लेखकलाई चुनौती दिदै चन्दले आफुले गरेको विकास जनतामाझ पेश गर्न आग्रह गरे । उनले भने, ‘अहिले भिमदत्तको मुहार फेरिदै छ, दोधाराको कुनै बाटोमा पनि पिच नभएको देखाउनुस्, आफ्नो कार्यकालमा लेखकले एक किलोमिटर पनि पिच गरेको उदाहण छ ।’ उनले थपे, ‘आज लेखकज्युले भिनपा–१ के बाराकुण्डामा भनेछन्, मन्दिर बनाउछु, विकास गर्छु, उनको कार्य जनताले बुझेका छन् ।’
जनाता सचेत भईसकेकोले जनातालाई वेकुब बनाउन नलाग्न चन्दले लेखकलाई आग्रह गरे । एमाले भिनपा वडा नं ४ का अध्यक्ष पशुपति ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य हिरा साकी प्रमुख अथिति रहेका थिए भने चन्द बिशिष्ट अथिति रहेका थिए । 



प्रतिकृया दिनुहोस