रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

भिमदत्तमा उदाहरणीय वडा अध्यक्ष भएर उभिनेछु : उम्मेदवार बुडा

शुक्रबार २३, बैशाख २०७९ ०४:५१    पवन जोशी



भिमदत्तमा उदाहरणीय वडा अध्यक्ष भएर उभिनेछु : उम्मेदवार बुडा

महेन्द्रनगरः भिमदत्त नगरपलिकाको वडा नं. १७ का लागि काँग्रेसबाट प्रतिस्पर्धामा रहेका युवामाझ लोकप्रिय उम्मेदवार हुन् पदम सिंह बुडा, ३८ बर्षिय बुडाले नेपाल विद्यार्थी संघबाट राजनितिको शुरुवात गरेका हुन् । उनले २०५४ सालमा नेपालि काँग्रेसको सक्रिय सदस्यता लिएका थिए । पार्टीमा सक्रिय भएसंगै उनि वडा नं. १७ मा दुई पटक काँग्रेसको सभापति भईसकेका छन् । २०७४ सालको स्थानिय तह निर्वाचनमा झिनो मतान्तरले एमालेसंग पराजित भएका उनि पुनः जनातामाझ उभिएका छन् । युवा उद्यमीको परिचय बनाएका उनले कृषि फर्म खोलि माछापालन व्यवसाय सञ्चालनमा ल्याएका छन् । यसपटकको चुनावमा उनका चुनावी एजेन्डा के हुन त ? जित्ने आधार के हो ? मतदातालाई के भन्न चाहानुहुन्छ ? यस बिषयमा यस पश्चिमनेपाल न्युज डटकमका संवाददाता पवन जोशीसंग गरिएको कुराकानीको सम्पादीत अंश ।

१) तपाईका चुनावि एजेण्डा के–के हुन ? 
पछाडी पारिएका वर्ग र युवा वर्गलाई माथी उठाउन रोजगारीको सृजना हुने कार्य गर्नेछु   छाडा चौपाया व्यवस्थापनका लागि पहल गर्नेछु । नर्सरी स्थापना, स्वास्थ्य चौकी स्तरोन्ती, शुद्ध खानेपानी व्यवस्था, सडक सञ्जाल विस्तार तथा नयाँ ट्रेक खोल्नेछु,  विद्यालयमा पुस्तकालयको स्तरोन्ती गरिनेछ (इ–लाब्ररेरी सहित) को स्थापना, ‘उज्यालो वडा’ निर्माण, घरवारबिहीन आवास कार्यक्रम मार्फत घर निमार्ण, वडा क्षेत्रका मुख्य चोक एवं बाटोहरुमा सी.सी.टी.भी क्यामेरा जडान, किसानहरुलाई मलखाद, वीउ विजनमा अनुदान, मझगाँउ विमानस्थल सञ्चालन गर्न पहल गरिने, महाकाली अस्पतालको सुधार लागि आवश्यक पहल गर्नेछु । 
वडामा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको सुविधा सहित स्तरोन्नती गरिनेछ, निशुल्क एम्बुलेन्स सेवा शुरु गरिनेछ । नाला कटान समस्या समाधान गर्नेछु, गर्नुपर्ने धेरै काम छन् । बृद्धभत्ता घरघरमा पु¥याईनेछ, कृषि तथा पशुपन्छी व्यवसाय गर्न चाहानेलाई अनुदानको व्यवस्था गरिनेछ । मझगाउँ क्षेत्रको सिचाईको समस्या समाधान गर्न बोरिङ गरिनेछ ।  समयको र जनताको आवश्यकता अनुसार अगाडी बढ्नेछु ।

 
२) तपाईको मुख्य प्रतिष्पर्धी को हो ? 
अहिले म नेपालि काँग्रेसबाट उम्मेदवार हुँ, पार्टी आफैमा बलियो छ नै, त्यसमाथी पनि वडाबासी जनताले मलाई मन पराउने मैले महशुस गरेको छु । मेरो प्रतिष्पर्धामा खासै कोही देखिदैन तर पार्टिगत रुपमा हेर्ने हो भने नेकपा एमाले मेरो प्रमुख प्रतिष्पर्धी हो । 


३) शुसासन कायम गराउन के योजना बनाउनु भएको छ ? 
शुसासन कायम गराउन ई हाजिरीको शुरुवात गर्नेछु, जनताका काम छिटो छरितो गराउन निगरानी गरिनेछ, शुन्य भ्रष्टाचार भएको वडाका रुपमा स्थापित गराउनेछु, कर्मचारीहरुलाई अनुशासनमा हिडाईनेछ । जनतालाई प्रत्यक्ष महशुस हुने गरी सेवा प्रवाह गर्नेछु । 


४) अन्तिममा मतदातालाई के भन्न चाहानुहुन्छ ?
म मेरा वडाबासी सम्पुर्ण मतदाता वडाबासी सम्पुर्ण जनताहरुलाई मलाई अध्यक्ष बनाउन भोट दिएर, जिताएर सेवा गर्ने मौका दिनहुन आह्वान गर्दछु , मैले जितेर गएपनि तपाईहरु सबैको जित हो र तपाईहरुको सेवकको रुपमा उदारणीय बनी वडाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । 
 



प्रतिकृया दिनुहोस