शुक्रबार २३, बैशाख २०७९ ०६:२७ शम्भु प्रसाद भट्ट
महेन्द्रनगर : भिमदत्त नगरपालिका वडा नं. १३ को अध्यक्षका स्वतन्त्र उम्मेदवार हुन् राम बहादुर बोहरा (झक्कास), ३७ बर्षिय युवा उम्मेदवार बोहोरा गाउँमा झक्कास नामले चर्चित छन् । उनि २४ सै घण्टा गाउँबासीको काममा खरो रुपमा उभिने नेतामा गनिन्छन् ।
नेपाली काँग्रेसबाट २०५८ साल देखि राजनितिक यात्रा शुरु गरेका उनि ठेकापट्टा र किराना व्यवसायी हुन् । उनि भन्छन्, ‘२०५८ सालमा काँग्रेसको क्रियासिल सदस्य भएर राजनितिमा प्रवेश गरे वडामा दुई कार्यकाल कार्यसमिति सदस्य समेत रहे ।’ ‘लामो समय वडामा बसेर काम गरियो जनताको सेवामा सधै तत्पर रहे, जनताले तपाई अध्यक्ष हुनुप¥यो भनेपछि उम्मेदवारी दिए ।’ उनले भने ।
पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको समेत उनले बताए । २०७० सालमा महाकालिमा आएको बाढीमा नदिमा फसेका ५ जना ब्यक्तिहरुलाई झक्कास एक्लैले उद्दार गरेकापछि उनलाई जिल्ला प्रसासनले नगद सहित सम्मान गरेको थियो । हरेक बेलामा गाउँलेलाई सहयोग गर्दै आएका बोहराले पछिल्ला बर्षहरुमा आएको बिश्वब्यापी कोरोना महामारीमा पनि झक्कासले सहयोग गरेको स्थानिय बताउँछन् ।
दैनिक जिवनयापन गर्नका लागि आफुले महाकाली नदिको बालुवा गिट्टी छान्ने कार्यबाट आफ्नो करिअर शुरुवात गरेको बोहराले बताए । अहिले स्वतन्त्र उम्मेद्बारी दर्ता गराएर पुतली चुनाव चिन्ह लिएर घरदैलो अभियानमा छन ।
निर्बाचित भएमा वार्डमा शिक्षा , स्वास्थ्य , सञ्चार , यातायार , बिजुली , सहकारी , धार्मिक क्षेत्रहरुमा दिगो परिवर्तन ल्याएर वडालार्ई नमुना वडा बनाउने बोहराले बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.