सोमबार २६, बैशाख २०७९ ०९:५२ पवन जोशी
महेन्द्रनगर : २०४५ सालमा अनेरास्ववियुबाट राजनितिक यात्रा शुरु गरेका ५२ बर्षिय शेर बहादुर चन्द भिमदत्त नगरपालिकाको वडा नं. ५ को वडा अध्यक्षका उम्मेदवार हुन् । उनि निकै अनुभवी र पाका नेताका रुपमा परिचित व्यक्ति हुन् । २०५४ सालमा एमालेको संगठित सदस्यता लिएर पार्टी राजनितिमा होमिएका उनले पार्टीमा विभिन्न पदमा बसेर काम गरिसकेका छन् । उनि वडा कमिटी सदस्य, वडा सचिव, वडा अध्यक्ष, नगर कमिटी सदस्य, नगर कमिटी उप–सचिव, नगर कमिटी सचिव, दुई कार्यकाल क्षेत्रिय अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य समेत भईसकेका छन् ।
जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका चन्द २०७४ को स्थानिय तह निर्वाचनमा ६ मतको झिनो मतान्तरले पराजित उनि अहिले बैशाख ३० गते हुने निर्वाचनमा पुनः अध्यक्ष पदका लागि चुनावी दौडमा छन् । उनिसंग यस पश्चिम नेपाल न्युज डटकमका सम्वाददाता पवन जोशीले गरेको कुराकानीको सम्पादित अंश ।
१) चुनावी एजेन्डा के–के छन् ?
पहिलो कुरा त हाम्रो वडामा रहेको एकमात्र सत्यवादी माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षा पढाई हुने नमुना विद्यालयका रुपमा विकास गरी युवाहरुलाई आत्मनिर्भर बनाउने योजना रहेको छ । ५ नं. वडाको सिमाना शुरुवात हुने वारीको नहरमा त्यहाँबाट भुजेलाको साईपनसम्म पिच बाटो निर्माण गर्ने, वडामा रहेको बिजुलीको समस्या समाधान गर्न दुई फेजको लाईनलाई तिन फेज र तिन फेजलाई चार फेजको लाईनमा परिणत गर्ने, ०७४ मा नेपालि काँग्रेस बिजयी भएपछि वडाको विकासमा सिन्को भाचेको देखिएको छैन, बाटोघाटो लगायत जनताका आधारभुत आवश्यकताको अवस्था जहाँको त्यही छ, जसमा जनताको ठुलो गुनासो रहेको छ । स्वास्थ्य, खानेपानी, विद्युत लगायतका जनताका आधारभुत आवश्यकताका कुरा पुरा गर्नेगरी मैले घोषणापत्र बनाएको छु, यसै अनुरुप म आफ्नो कामलाई अगाडी बढाउनेछु ।
मैलेघरदैलो्मा जाँदा २०५४ सालमा पनि निर्वाचित भएको वडा अध्यक्ष भएकोले जनताले पुनः तपाईको आवश्यकता रहेको भनि प्रतिक्रिया दिएका छन्, मैले ०५४ सालमा गरेको कामको जनताले मुल्याङ्कन गरेका छन् । ०७४ मा निर्वाचित टीमले जनताको अपेक्षा अनुसार काम गर्न सकेको छैन । ५ वर्षमा १ करोड ७० लाख रुपैयाँ काम नगरेर फ्रिज गएको छ, जुन वडाका लागि धेरै ठुलो बजेट मानिन्छ । मैले जनताबाट राम्रो प्रतिक्रिया पाएको छु । जनताले भनेका छन्, यो स्थानिय निर्वाचन हो हामी पार्टी हेर्दैनौ, तपाई आउनुभएको छ, हामि तपाईजस्तै काम गर्ने जनप्रतिनिधिको खोजिमा थियौंै भन्ने किसिमको जवाफ जनताले दिएका छन् । मैले के भन्ने गरेको छु भने म निर्वाचित भएपछि तपाईहरुको मतको अबमुल्यन हुन दिने छैन । उहाँहरुले दिएको मतको सहि सदुपयोग गर्नेछु, उहाँहरुले मलाई जिताउनुभयो भने जनतालाई निरास हुन दिने छैन, एमालेलाई जिताए र गलत गरे भन्ने आभास हुन दिने छैन, वडामा आएको बजेट र योजनाको सबै जनतालाई जानकारी हुनेछ, वडा नं ५ बासीले म लगायत मेरो टीमलाई जिताउनेछन् भन्नेमा विश्वस्त छु ।
२) तपाईको वडाको मुख्य समस्या के हो ? यसलाई कसरी समाधान गर्नुहुन्छ ?
हाम्रो वडाको मुख्य समस्या भनेको बाटोघाटोको छ, पहिला जति पिच थियो गएको पाँचवर्षको दौरानमा देखिने गरि बाटोघाटो सहित अन्य कुनै पनि विकासको काम देखिने गरि भएको देखिदैन, ग्रभिलङ्गपनि गरिएको छैन, शिक्षामा पनि कुनै सुधार भएको देखिदैन, बिजुलीको त्यस्तै समस्या छ, पावर कम भएर जनताका पंखा चलिरहेका छैनन्, खानेपानी पनि व्यवस्थापन भएको छैन, यिँ यावत समस्याहरु छन् समाधानका लागि उचित पहल हुनेछ ।
३) तपाईलाई भोट किन दिने ?
नेकपा एमाले जुन सुखी नेपाली सम्बृद्ध नेपालको नारा बोकेर अगाडी बढेको छ, वडा नं. ५ मा नेकपा एमालेको टीम जितेमा सुखी वडाबासी र सम्बृद्ध वडा बनाउने हाम्रो प्रतिबद्धता छ । यस मानेमा हामीलाई जिताउनुपर्छ जस्तो लाग्छ ।
४) अन्तीममा मतदाताहरुलाई केही भन्नु छ की ?
मतदाताहरुलाई अनुरोध गर्न चाहान्छु कि अहिले जुन मेरो नेतृत्वमा वडा नं. ५ मा रहेको टिम र भिमदत्त नगरपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवारलाई तपाईहरु आफ्नो मत दिएर जिताउनुुहोस र यो नगरको तथा वडा नं ५ को सम्बृृद्धीका लागि सात सुर्यमा मतदान गर्न अनुरोध गर्दछु । साथै मैले भन्ने गरेको छु तपाईहरुले दिएको मतको कदर गर्नेछौ, शासक होईन सेवक भएर काम गर्नेछौं । नेकपा एमालेको निति नै के हो भने प्रशासक एवं सेवक भएर काम गर्ने हो, हामी पुनः ५ वर्षपछि पनि वडा नं. ५ मा मत माग्न जान्छौ त्यतिबेला जनता र हामी खुसी हुने अवस्था आउनेछ र एमालेलाई नै जिताउनुपर्छ भन्ने जनतामा पर्नेछ भन्नेमा म ढुक्क छु ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.