स्थानिय तह निर्वाचन २०७९

परमादेशी गठबन्धनलाई जनताले जवाफ दिनेछन् : नेता चटौत

सोमबार २६, बैशाख २०७९ ०८:३९    शम्भु प्रसाद भट्ट



परमादेशी गठबन्धनलाई जनताले जवाफ दिनेछन् : नेता चटौत

महेन्द्रनगरः नेकपा एमालेका केद्रीय सल्लाहकार सदस्य तथा एमालेका नेता नन्दलाल चटौलले परमादेशी सरकार र अपवित्र गठबन्धनलाई जनताले ठेगान लगाउने बेला आएको बताएका छन् । भिमदत्त नगरपलिकाको ७ र ९ नम्बरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । 
उनले भने, ‘जबरजस्ती जनमत भएको सरकारलाई हटाईएयो, सम्बृद्ध नेपाल सुखी नेपाली बनाउने सपनामा रुकाओट ल्याउने काम भयो, अब जनताले जवाफ दिने बेला आएको छ ।’

उनले थपे, ‘देशमा विकास गर्नका एमाले सरकारले मात्रै सक्छ, केपि ओलिको नेतृत्वले देशको समृद्धी सम्भव छ ।’एक पटक एमालेलाई स्थानिय सरकारदेखि केन्द्रसम्म बहुमत दिएमा देशको कायापलट हुने समेत उनले जनतालाई आग्रह गरे । प्रचण्ड दिएको धम्की र आरजुले गरेको भाषणले गठबन्दनको नाङ्गो चरित्र प्रस्तुत भएको बताउँदै एमालेलाई सातवटा सुर्य चिन्हमा मतदान गरी बिजय गराउन उनले मतदातालाई आह्वान गरे । 

कार्यक्रममा प्रदेश कमिटी सदस्य नर बहादुर बिक, हरि प्रसाद जोशी तथा जिल्ला कमिटी उप–सचिव तथा प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दको सहभागिता रहेको थियो । 
 



प्रतिकृया दिनुहोस