स्थानिय तह निर्वाचन २०७९

भ्रष्टाचारलाई शुन्यमा झारिनेछ : उम्मेदवार पन्त

मङ्गलबार २७, बैशाख २०७९ ०४:१६    लक्ष्मणदत्त पन्त



भ्रष्टाचारलाई शुन्यमा झारिनेछ : उम्मेदवार पन्त

महेन्द्रनगर : २०५३ सालमा अनेरास्ववियुबाट राजनितिक यात्रा प्रारम्भ गरेका ३८ बर्षीय जुझारु युवा हुन् महेश प्रसाद पन्त । सुदुरपश्चिम विश्वविद्यालय बनाउनदेखि सुदुरपश्चिमका हित हुने् थुप्रै कार्यमा उनको प्रत्यक्ष सहभागिता रहेको छ । अधिकार प्राप्तीको यस क्रममा उनले गोली समेत खाएका छन्, जसका छर्राहरु अझै उनका शरिरमा निकाल्न बाँकी नै छन् । उनि चर्चित मजदुर नेता स्वः धर्मानन्द पन्तका छोरा हुन् । स्वः पन्त मजदुर र सुकुम्बासीका समस्या समाधानका लागि लड्दालड्दै स्वर्गबास भएका थिए, उनीे आफ्नो अन्तिम सास रहुन्जेलसम्म मजदुर, किसान र सुकुम्बासीका समस्याका समाधानका लागि लडेका थिए । 
हाल भिमदत्त नगरपलिका हाक्ने दाउमा रहेका मेयर पदका उम्मेदवार महेशप्रसाद पन्त नेकपा एमालेका २०५७ सालका संगठित सदस्य समेत हुन् । विद्यार्थी राजनितिमा लामो समय खर्चिएका उनि सिद्धनाथ बहुमुखी क्याम्पसका स्वबियु सभापति समेत भएका थिए । अनेरास्वबियुमा ३ नं. क्षेत्रको अध्यक्ष, जिल्ला कमिटी सदस्य, जिल्ला सचिवालय सदस्य, जिल्ला अध्यक्ष, महाकालि ईन्चार्ज, केन्द्रीय सदस्य, सचिवालय सदस्य,, सुप ईन्चार्ज, केन्द्रीय सचिवालय सदस्य, सुदुरपश्चिम, मध्यपश्चिम तथा गण्डकी ईन्चार्ज र केन्द्रीय खेलकुद विभाग प्रमुख पदमा बसेर कुशल रुपमा कार्यसम्पादन गरेको अनुभव छ ।  
यसैगरी पार्टीमा जिल्ला सल्लाहकार सदस्य, जिल्ला कार्यसमिति सदस्य, जिल्ला सचिवालय सदस्य, बिचमा बनेको नेकपाको प्रदेश सदस्य, हाल एमालेको प्रदेश सदस्य रहेका छन् । चुनावी दौडमा रहेका उनीसंग के छन् त नगर बनाउने योजना, उनलाई मतदाताले भोट किन हाल्ने यस बिषयमा यस पश्चिम नेपाल न्युज डटकमका सम्बाददाता लक्ष्मणदत्त पन्तसंग गरिएको कुराकानीको सम्पादित अंश । 
१) यदी तपाई मेयर पदमा निर्वाचित हुनुभयो भने ५ बर्षमा नगरबासीले के–के परिवर्तन पाउछन् ? 
मैले मेयर पदमा चुनाव जितेभने अरुभन्दा फरक ढङ्गले कार्यसम्पादन गर्नेछु । नगरमा कोही बेरोजगार बस्नुपर्ने अवस्था आउन दिने छैन तर आफ्नो योग्यता र क्षमताले भ्याउने जुनसुकै किसिमको काम गर्न नगरबासी तयार हुनुपर्नेछ । कमलरी, आदिबासी जनजाती र गरीब तथा असह्य मान्छेहरुको लागि बिशेष किसिमको व्यवस्था गरी उनीहरुको जीवनयापनलाई सहज बनाउनेछु । सुकुम्बासी समस्या समाधान गरी जनताको हातमा लालपुर्जा दिईनेछ, मेरो बुवा मजदुर नेता हुन् उहाँको पनि यो सपना थियो, जसलाई म आफ्नो कार्यृकालमा सफल बनाउनेछु । 
स्वास्थ्य, शिक्षा र रोजगारीलाई मैले प्राथमिकतामा राखेको छु, शिक्षाको सवालमा सरकारी र निजी विद्यालयको पाठ्यक्रमलाई एउटै बनाएर शिक्षामा समानता ल्याईनेछ । गरिबहरुले जुन राम्रो शिक्षा पाईरहेका छैनन्, जातिय रुपमा भन्दापनि वर्गीय रुपमा आर्थिक र विपन्न छन्, तिनिहरुका छोराछोरीलाई पहिलो बैठकबाट निर्णय गरेर १० जना ईन्जिनियर र १० जना डाक्टर नगरपालिकाले आफ्नो खर्चमा पढाईने योजना बनाएको छु ।  
स्वस्थ्यको सवालमा कुरा गर्दा ठुलो रोग लागेमा नगरबासीले पैसाको अभावका कारण ज्यान गुमाउनु पर्ने छैन, यस्ता व्यक्तिलाई नग।पालिकाले फण्डको व्यवस्था गरी स्वास्थ्य बिमा बनाएर उपचारमा आर्थिक सहयोग गर्नेछु । यसका साथै सुधारोउन्मुख बाटोमा रहेको महाकाली प्रादेशिक अस्पताललाई अझै गुणस्तरीय र सुविधा सम्पन्न बनाईनेछ । पुराना भईरहेका कामहरुलाई निरन्तरता दिनेछु । भिमदत्तमा फोहोरमैला व्यवस्थापन केन्द्र सहमतिमा बनाईनेछ । युवाहरुलाई विदेशीन बाट रोक्न मास्टर प्लान बनाएको छु, युवाहरु विदेश बाध्यता वा रहरले के कारणले जाँदैछन् भन्ने पत्ता लगाएर स्वरोजगारको व्यवस्था गरेर उचित व्यवस्थापन गरिनेछ । 
स्वरोजगारका लागि सर्टिफिकेट राखेर कर्जा उपलब्ध गराउने कानुन बनेको छ, यसलाई सशक्त ढङ्गले कार्यान्वयन गरिनेछ, भिनपाले शुरु गरेको विना धितो र बिना ब्याजदरको ऋणलाई ठुलो संख्यामा वितरण गर्नेछु, यसको रकमलाई बढाएर ५ लाखबाट १० लाख पुगाईनेछ, कसैले सामुहिक रुपमा काम गर्न ठुलो योजना सहित आएमा ५० लाख देखि एक करोडको कर्जा उपलब्ध गराईनेछ । 
म कानुनको विद्यार्थी पनि हुँ, अहिलेसम्म वकालत गरेको पैसा लिएको छैन भिमदत्त नगरपालिकाले यस्तो संयन्त्र तयार गर्नेछ कि ५ जना वकिलको टीम बनाएर निःशुल्क रुपमा वकालत गर्ने टिम भिनपाले तयार गर्नेछ, नगरबासी तथा वकिलका लागि गरिबले तड्पिनुपर्ने अवस्था आउन दिने छैन । छाडा चौपायाको समस्या म दिर्घकालिन रुपमा समाधान गर्छु, यसमा मैले आफ्नो भिजन बनाएको छु, बिदेशमा रहेका साथीहरुसंग समेत छलफल गरेको छु, एउटा ठुलो ५÷६ हजार गाई पाल्न सक्ने गोठ बनाउने र त्यसमा ५० जना युवाहरुलाई रोजगारी दिने योजना बनाएको छु । यिँ गाईहरुलाई राम्रो दुध दिने बनाउन सकिन्छ, चाईनामा सुई पाईन्छ, सबै प्रविधि प्रयोग गरेर हामी यो व्यवस्था मिलाउँछुौ, आधुनिक घाँस लगाईनेछ र मलको समेत उत्पादन गरि दुग्धजन्य वस्तुको उत्पादनमा बृदि गरिनेछ । तरकारी भारतबाट आयात गरिने छैन, सबै प्रकारका तरकारीहरु आफै उत्पादन गर्न सक्षम नगरपालिका बनाईनेछ । सडक सञ्जालको विस्तार गरिनेछ, आवश्यकता अनुसार नयाँ ट्रयाक खोल्नेछु, बिजुलि बत्तिको उचित व्यवस्थापन गरिनेछ, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा जोड दिएर रोजगारी सिर्जना गरिनेछ, मझगाउँ विमानस्थललाई सञ्चालन गर्न थप सहयोग गरिनेछ, भम्केनी धाम, ब्रहमदेव सिद्धबाबा मन्दीर, महेन्द्रनगरको सिद्धबाबा मन्दीर, झिलमिला ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, झोलुङ्गे पुल लगायतका पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड दिईनेछ । यस लगायत धेरै योजना छन् सबैले माया गरेर जिताएमा एमालेको सपना साकार गर्नेछु सम्बृद्ध नगर सुखी नगरबासी बनाउनेछु ।
२) यिँ कामहरु त अरुले पनि गर्नु सक्छन् नि, तपाईलाई नै भोट किन दिने, अरुभन्दा तपाई किन फरक ?
हिजोका दिनमा लोकतन्त्र ल्याउन गणतन्त्र ल्याउनका निम्ती हामीले देशभित्रै बसेर सघर्ष ग¥यौं अरु दलका नेताहरु देश छोडेर भागेको सबैले जानेका छन्, जेलनेल तथा गोलि खाएर पनि हामी देश र जनताकालागि लडेका छौं, २०५८ मा भएको राजा बिरेन्द्रको हत्यादेखि २०६२÷०६३को आन्दोलनसम्म आउँदा हामिले गोलि समेत खानुपर्ने स्थिति आयो यो अवस्थाबाट पनि पछि हामी हटेनौ, म सिद्धनाथ बहुमुखि क्याम्पसको स्ववियु सभापती हुँदा घोषणा गरेको थिएँ, क्याम्पसलाई विश्वविद्यालय बनाउँछु भनेर त्यतिबेला मान्छेहरु हाँस्थे अहिले हामीले बोकेको सपनालाई हामीलेनै साकार गरेका र्छाै, हाम्रौ पहलमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएको छ । 
म विद्यार्थी राजनितिबाट आएको युवा हो मैले भिमदत्त नगरपालिकाको हितका लागि हदैसम्मको बल र बुद्धी प्रयोग गरेर काम गर्नेछु, यसकारण मलाई भोट दिएर सहयोग गर्न अपिल गर्दछु । म एउटा युवा हो निरन्तर राजनितिमा छु, कुनै बिजनेस गरेको छैन, कतै जागिर खाएको छैन, निरन्तर सामाजिक आन्दोलनमा अगाडी बढेको छु, म पार्टीमा गुटबन्दी भन्दापनि ईमानदारीताले अगाडी बढ्नुपर्छ भन्ने मान्यता राख्दछु । कुनै युवा विदेशिनु हुँदैन स्वदेशमै बसेर काम गर्नुपर्छ भन्ने मान्यता लिएर हिँडेको मान्छे हुँ, म असाहय, मजदुर, युवा, विद्यार्थी सबैको पक्षमा लडेको छु राम्रै काम गर्छु । 
३) देशमा अदृश्य भ्रष्टाचारले जडा गाडेको छ, यसलाई नियन्त्रण गर्न के योजना बनाउनु भएको छ, विकासको निश्चित योजना के छ ?
म नगर प्रमुख भएपछि मैले भ्रष्टाचार गर्छु भने कर्मचारीले पनि गर्छन् तर मैले नई शुरुवात राम्रो गरे भने कर्मचारीले भ्रष्टाचार गर्न पाउँदैन, कर्मचारीपनि डराउँछ, नगरप्रमुखले ईमान्दारीकासाथ काम ग¥यो भने अदृस्य भ्रस्टाचार रोकिन्छ । यसलाई नियन्त्रण गर्न म जस्तो सहि नियत भएको नगर प्रमुखको आवश्यकता छ । 
विकासको सवालमा कुरा गर्दा भएका गुरुयोजनाहरुलाई निरन्तरता दिनेछु, अधुरा योजनाहरुलाई पुरा गर्नेछु, भिमदत्तमा कुनैपनि सडकहरु ग्राभिल हुने छैन सम्पुर्ण बाटाहरु पिच गरेर व्यवस्थित शहर निर्माण गर्ने मेरो योजना रहने छ । 
४) अन्तीममा मतदाताहरुलाई केही भन्नु छ की ? 
मतदाताहरुलाई अनुरोध गर्न चाहान्छु कि अहिले जुन मेरो नेतृत्वमा भिमदत्त नगरपालिकामा रहेको टिम र भिमदत्त नगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारलाई तपाईहरु आफ्नो मत दिएर जिताउनुुहोस र यो नगरको सम्बृृद्धीका लागि सात सुर्यमा मतदान गर्न अनुरोध गर्दछु । साथै मैले भन्ने गरेको छु तपाईहरुले दिएको मतको कदर गर्नेछौ, शासक होईन सेवक भएर काम गर्नेछौं । 



प्रतिकृया दिनुहोस