स्थानिय तह निर्वाचन २०७९

कृषि र पशुपालनका लागि नमुना वडा बनाईनेछ : उम्मेदवार जोशी

मङ्गलबार २७, बैशाख २०७९ ०६:०९    पवन जोशी



कृषि र पशुपालनका लागि नमुना वडा बनाईनेछ  : उम्मेदवार जोशी

महेन्द्रनगर : २०२६ सालमा जन्मिएका देव दत्त जोशी भिमदत्त नगरपालिका वडा नं.२ बाट वडा अध्यक्षका उम्मेदवार हुन् । सोझा र ईमानदार व्यक्तित्वको परिचय बनाएका उनले अनेरास्ववियुबाट २०४५ सालमा राजनितिक यात्रा शुरु गरेका थिए । हाल आफु चुनाव लडिरहेको वडा नेकपा एमाले कञ्चनपुर भिमदत्त नगरपलिका वडा नं. २ का वडा अध्यक्ष समेत हुन् । २०४९ सालमा पर्टिको संगठित सदस्यता लिएका उनिसंग गाउँ विकास गर्न के छन् त योजना ? वडाको विकासका लागि उनले बनाएको मास्टर प्लानका बिषयमा यस पश्चिम नेपाल न्युज डटकमका संवाददाता पवन जोशीसंग गरिएको कुराकानीको सम्वादीत अशं । 

१) चुनावी एजेण्डाहरु के–के छन्, वडाको विकासका लागि के योजना छ ?

मुख्य रुपमा मैले वडालाई कृर्षि र पशुपालन व्यवसायका लागि  बिशेष वडाका रुपमा परिचित गराउनेछु, यसबाट वडाबासीलाई रोजगारी समेत प्रदान गर्ने मेरो योजना रहेको छ । हाम्रो वडा कृषि र पशुपन्छी पालनका लागि पोकेट क्षेत्रमा परेको वडा हो, यस्तै ्रधानमन्त्री आधुनिकीकरण परियोजना (धान जोन)को क्षेत्रपनि भएकोले कृषिको आधुनिकीकरण गरि रोजगारीका अवसरहरु सृजना गराउने कार्ययोजना बनाएको छु । 
सरकारी तथा समुदायिक विद्यालयहरुको स्तरोउन्नती गरेर निजि विद्यालयसंग प्रतिस्पर्धा गर्ने तथा प्रविधिको प्रयोग गर्ने विद्यालयमा परिणत गरिनेछ, शुद्ध खनेपानी, मलखाद तथा बिउबिजनमा अनुदानका साथै मलखाद तथा बिउबिजन एवं कृषि सामाग्री, यन्त्रहरुको बिक्रि केन्द्रको स्थापना, भष्टाचार न्युनिकरणका लागि अनलाईन राजस्व संकलन तथा अन्य भुक्तानी गर्ने प्रणाली लागु गर्ने । निमार्णधिन सडकहरुलाई पुरा गर्ने, सिचाईको प्रवन्ध आधुनिक बनाउने, रसाईनिक मललाई विस्तापित गर्न अर्गानिक मलको व्यवस्था गर्ने, सामाजिक सुरक्ष भत्ता टोलटोलमा वितरण गर्न पहल हुनेछ । 
यस्तै वडामा एउटा ठुलो हल सहित ठुलो सामुदायीक भवन निर्माण गरिनेछ जसमा विवाह लगायत सभा सम्मेलन गर्न सकिनेछ । कनकट्टी, भाँसी र खोल्टीबाट आउने खोलाहरुमा तटबन्ध निर्माण गर्नेछु । युवा तथा बालबालिका मैत्री पुस्तकालय निर्माण गर्नेछु, लागु पदार्थ दुव्र्यसनी तथा कुलतमा यवाहरुलाई फस्न नदिन उवरनेस कार्यक्रम सञ्चालन गर्ने र फसेका युवाहरुका लागि पुनस्र्थापना केन्द्र निर्माण गने लगायतका कार्यहरु गर्ने योजना रहेको छ । 
२) वडाका समस्या के हुन् ? समाधानका लागि के योजना बनानुभएको छ ? 
वडाका समस्या भनेको बेरोजगारी नै हो जसलाई समाधान गर्न मैले कृर्षि तथा पशुपालनको योजना ल्याएको छु, उत्पादित दुधको बिक्रि गर्न कठिन हुनु पनि वडाको समस्या हो यसकालागि मैले योजना बनाएर काम गर्नेछु । अन्य समस्या भनेका सबै ठाउँका एकै हुन् यिनिहरुलाई हामीले मिलेर समाधान गर्नु पर्दछ । यीँ कार्यहरु सम्पन्न गर्न मैले जितेभने सम्पुर्ण पार्टीका अग्रजहरु, बुद्धीजिवीहरु, शिक्षक एवं समग्र वडाबासीसंगको छलफल र सहयोगमा कामहरु अगाडी बढाउनेछु । 
३) अन्तीममा मतदाताहरुलाई केही भन्नु छ की ?
मतदाताहरुलाई बिचलित नभएर मनपरेको र विकासगर्न सक्षम उम्मेदवारलाई भोट दिएर जिताउन अनुरोध गर्दछु । म आफैमा सशक्त उम्मेदवार भएर खडा भएको छु , जनताले दिएको भोटको अपमान म हुन दिने छैन, जनतालाई मलाई भोट दिएर सहयोग गरिदिनहुन अनुरोध गर्दछु । केपी ओलीको सम्बृद्ध नेपाल र सुखी नेपालिको चाहनालाई पुरा गर्नेछु । हाम्रो हैन राम्रोलाई रोज्न सम्पुर्ण मतदातालाई अनुरोध गर्दछु । 



प्रतिकृया दिनुहोस