स्थानिय तह निर्वाचन २०७९

गठबन्धन पुर्ण रुपमा असफल भएको छ, एमालेको जित हुन्छ : नेता चटौत

मङ्गलबार २७, बैशाख २०७९ ०८:४३    शम्भु प्रसाद भट्ट



गठबन्धन पुर्ण रुपमा असफल भएको छ, एमालेको जित हुन्छ : नेता चटौत

महेन्द्रनगर : नेकपा एमालेका नेता तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य नन्दलाल चटौतले कञ्चनपुर लगायत देशभरीमै गठबन्धन असफल भएको बताएका छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 
गठबन्धनमा लागेका दलहरुको देश बनाउने कुनै उदेश्य नभएको समेत उनले बताएका छन् । उनले भने, ‘कसैलाई छोरी बुहारी र कसैलाई स्वास्नी जिताउनु छ, यीनीहरुलाई जनताको माया छैन । उनले थपे, ‘आफ्ना घर परिवारका लागि गठबन्धन गरिएको हो त्यो पनि असफल भईसक्यो, अब देशभरी एमाले जित्छ, सुर्य चिन्हमा मतदान गर्न म आम मतदातामा अनुरोध गर्दछु ।’


कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव राजेन्द्र रावल, कञ्चनपुर ईन्चार्ज निरु पाल, अध्यक्ष सुरेन्द्र बिष्ट र उप–सचिव तथा प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दको उपस्थिति रहेको थियो ।  



प्रतिकृया दिनुहोस