मङ्गलबार २७, बैशाख २०७९ १०:१५ नृगबहादुर शाह
महेन्द्रनगर : नेपाली काँग्रेसबाट भिमदत्त नगरपालिका वडा नं. १७ का उम्मेदवार पदम सिंह बुढाले आफले वडाबासीको सेवामा लामो समय दिएकोकोले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
मंगलबार वडामा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘मैले वडाबासीको सेवामा लामो समय खर्चेको छु, वडाबासीले जिताए भने म वडा अध्यक्ष भए पछि पाउने सेवा सुविधा कुनै पनि लिने छैन, भ्रष्टचारको त कुरै छोडौं, शुसासनको नमुना वडा बनाउँछु ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.