रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    
स्थानिय तह निर्वाचन २०७९

वडालाई बेरोजगार मुक्त वडा बनाउछु : उम्मेदवार जोशी

मङ्गलबार २७, बैशाख २०७९ ११:५०    पवन जोशी



वडालाई बेरोजगार मुक्त वडा बनाउछु : उम्मेदवार जोशी

महेन्द्रनगर : अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट पार्टीको राजनितिमा आएका ईमान्दार र जनताका लोकप्रिय नेता हुन लोकेन्द्र प्रसाद जोशी उनि बेलौरी नगरपालिकाको वडा नं. १० को वडा अध्यक्षका उम्मेदवार हुन् । २०७३ सालमा एमालेको संंगठीत सदस्यता लिएका उनि गाउँ कमिटी सचिव, नगर कमिटी सचिव लगायतका पदमा बसेर कार्यसम्पादन गरेको अनुभव छ, उनिसंग पश्चिम नेपाल न्युज डटकमका सम्वाददाता शुरेस पन्तसंग गरिएको कुराकानीको सम्पादीत अंश । 
१) चुनावी एजेन्डा के–के छन् ?
मैले वडाको विकासका लागि अरुले भन्दा फरक कार्य गर्नेछु, मसंग एउटा भिजन छ, यसलाई कार्यान्वयन गरेर हिँडेमा वडाको कायापलट हुनेछ । हामीसंग वडामा सुगरमिल छ, उखु उत्पादन गर्ने किसानहरुका लागि मिलले दिने सहुलियतमा वडाले पनि थप सहयोग गर्नेछ । 
उखुको मुल्यको उचित मुल्याङ्कन गरेर किसानको हितमा  मुल्य निर्धारण गरिनेछ, वडामा रहेका खानेपानी, स्वास्थ्य, बाटोघाटोको समस्या समाधान गरिनेछ । पशु तथा कृषिमा अनुदान दिईनेछ । युवाहरुलाई कृषि तथा पशुपालनमा आकर्षित गरेर ५०० जना युवालाई रोजगारी दिईनेछ । 
 नयाँ ट्रेक खोल्ने तथा नयाँ कलपठ र रुटहरु निर्माण गर्ने सम्बन्धमा वडाबासीको सल्लाहमा सबै कार्यहरु सञ्चालन गरिनेछ । सबै बाटाहरु पिच हुनेछन्, स्वास्थ्य र सञ्चारको विकासका लागि म वडाबासीको सल्लाह बाहीर जाने छैन, वडामा रहेका सम्पुर्ण बुद्धीजिबि, पत्रकार, शिक्षक, कर्मचारी, अग्रज, बायोबृद तथा समग्रको सल्लाहमा म अगाडी बढ्नेछु । 
२) तपाईको वडाको मुख्य समस्या के हो ? यसलाई कसरी समाधान गर्नुहुन्छ ? 
हाम्रो वडाको मुख्य समस्या भनेको बाटोघाटोको छ, सदरमुकाम महेन्द्रनगरसंग जोडिन हुलाकी राजमार्ग समयमा बनाउनुपर्ने छ, त्यसलाई समयमा सक्न प्रेसर गर्नेछु, जो काम भईरहेको छ । अन्य बाटाहरुपनि पिच भईरहेका छन्, वडाको विकासका लागि मैले सकेको सबै काम योजना बनाएर गर्नेछु । 
३) अन्तीममा मतदाताहरुलाई केही भन्नु छ की ?
म आफैमा सशक्त उम्मेदवार भएर खडा भएको छु , पाँच बर्षे काययोजना बनाएर फिल्डमा आएको छु, म यो मेरो योजनालाई सफल बनाउन चाहान्छु जनताले मलाई विश्वास गरेर भोट हाल्नेमा म ढुक्क छु । जनताले दिएको भोटको अपमान म हुन दिने छैन, जनतालाई मलाई भोट दिएर सहयोग गरिदिनहुन अनुरोध गर्दछु । हाम्रो हैन राम्रोलाई रोज्न सम्पुर्ण मतदातालाई अनुरोध गर्दछु । 



प्रतिकृया दिनुहोस