मङ्गलबार २७, बैशाख २०७९ ११:५५ पवन जोशी
महेन्द्रनगर : भिमदत्त नगरपालिका वडा नं. १५ का उम्मेदवार हुन् जयदेव भट्ट, उनि नेकपा एमालेबाट अध्यक्ष पदका लागि चुनावि प्रतिस्पर्धामा छन् । स्वच्छ छवि भएका ईमान्दार नेताका रुपमा परिचित उनि निष्ठा र ईमान्दारीतामा विश्वास गर्ने नेता हुन्, ३० बर्ष पार्टी राजनितिमा लागेका उनि पार्टीमा समेत ईमानदार कार्यकर्ताका रुपमा परिचित छन् । पार्टीका विभिन्न पदमा बसिसकेका उनि अहिले आएर स्थानिय निर्वाचनमा वडा नं. १५ का लागि अध्यक्ष पदका उम्मेदवार छन् । उनिसंग पश्चिम नेपाल न्युज डटकमका सम्बादाता पवन जोशीले गरेको कुराकानीको सम्पादित अशं ।
१) चुनावी एजेन्डा के–के छन् ?
मैले वडाको विकासका लागि समाजले भनेअनुसार कार्य गर्नेछु । वडामा के जरुरी छ त्युलाई पहिले पुरा गरिनेछ । अरुले भन्दा फरक कार्य गर्नेछु, मसंग एउटा भिजन छ, यसलाई कार्यान्वयन गरेर हिँडेमा वडाको कायापलट हुनेछ । वडामा रहेका खानेपानी, स्वास्थ्य, बाटोघाटोको समस्या समाधान गरिनेछ । पशु तथा कृषिमा अनुदान दिईनेछ । युवाहरुलाई कृषि तथा पशुपालनमा आकर्षित गरेर ५०० जना युवालाई रोजगारी दिईनेछ ।
नयाँ ट्रेक खोल्ने तथा नयाँ कलपठ र रुटहरु निर्माण गर्ने सम्बन्धमा वडाबासीको सल्लाहमा सबै कार्यहरु सञ्चालन गरिनेछ । सबै बाटाहरु पिच हुनेछन्, स्वास्थ्य र सञ्चारको विकासका लागि म वडाबासीको सल्लाह बाहीर जाने छैन, वडामा रहेका सम्पुर्ण बुद्धीजिबि, पत्रकार, शिक्षक, कर्मचारी, अग्रज, बायोबृद तथा समग्रको सल्लाहमा म अगाडी बढ्नेछु ।
२) तपाईको मुख्य प्रतिष्पर्धी को हो ?
वडाबासीले भोट दिन्छन् र म अत्यधीक मतले जित्छु भन्नेमा म बिश्वस्त छु, पार्टीगत रुपमा भन्नुपर्दा मेरो प्रतिस्पर्धा भनेको काँग्रेस संग हुन्छ ।
३) अन्तीममा मतदाताहरुलाई केही भन्नु छ की ?
मतदाताहरुलाई अनुरोध गर्न चाहान्छु कि अहिले जुन मेरो नेतृत्वमा भिमदत्त नगरपालिकामा रहेको टिम र भिमदत्त नगरपालिकाका वडा नं. १५ काअध्यक्ष र सदस्यका उम्मेदवारलाई तपाईहरु आफ्नो मत दिएर जिताउनुुहोस र यो नगरको सम्बृृद्धीका लागि सात सुर्यमा मतदान गर्न अनुरोध गर्दछु । साथै मैले भन्ने गरेको छु तपाईहरुले दिएको मतको कदर गर्नेछौ, शासक होईन सेवक भएर काम गर्नेछौं ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.