स्थानिय तह निर्वाचन २०७९

निवर्तमान अध्यक्ष वडायकलाई हराउँदै लालझाडीको अध्यक्षमा एमालेका राना बिजयी

सोमबार ०२, जेठ २०७९ ०८:४७    लक्ष्मणदत्त पन्त



निवर्तमान अध्यक्ष वडायकलाई हराउँदै लालझाडीको अध्यक्षमा एमालेका राना बिजयी

महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउँपालिकामा निवर्तमान अध्यक्ष मदनसेन वडायकलाई हराउँदै पालिकाको अधयक्षमा नेकपा एमालेका निर्मल राना बिजयी भएका छन् । गत निर्वाचनमा वडायकसंग राना पराजीत भएका थिए । उहिले उनले  ले ४ हजार ५ सय १६ मत प्राप्त गरेको निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिए । उनका निकटतम प्रतिद्धन्दी माओवादीका मदनसेन वडायकले २ हजार आठसय ५८ र नेपाली काँग्रेसका श्रीकष्ण रानाले २ हजार चार सय ६८ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा पनि एमालेले जित हात पारेको छ, एमालेबाट सपना चौधरीले ३ हजार ५ सय ६१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका राधा रानाले ३ हजार ४ सय ९३ र माओवादीका सत्यदेवी महराले  २ हजार ७ सय ३२ मत प्राप्त गरेको अधिकृत पन्तले जानकारी दिए ।   
६ वडा रहेको लालझाडीमा तिन वडा एमाले, दुई वडा माओवादी र एक वडा काँग्रेसको हातमा परेको छ । वडा नं. १ मा एमाले प्यारेलाल राना प्यानलसहित, वडा नं. २ मा एमालेकै आशाराम राना प्यानसहित, वडा नं. ३ मा माओवादी केन्द्रका टिकाराम डँगौरा प्यानलसहित, वडा नं. ४ मा माओवादीकै बहादुर राना प्यानलसहित, वडा नं. ५ मा एमालेका पहल बहादुर थापा प्यानलसहित र वडा नं. ६ मा नेपाली काँग्रेसका हर्कनारायण जोशी प्यानसहित वडा अध्यक्षमा निर्वाचित भएका छन् । 
१४ हजार १६ मतदाता रहेको लालझाडीमा ११ हजार ३ सय ३५ मत खसेको अधिकृत पन्तले जानकारी दिनुभयो । यससंगै लालझाडी गाउँपालिका कञ्चनपुरमा मतगणना सम्पन्न हुने पहिलो पालिका बनेको छ । 



प्रतिकृया दिनुहोस