स्थानिय तह निर्वाचन २०७९

भिदत्तमा शुरु भएन मतगणना

सोमबार ०२, जेठ २०७९ ०९:५१    शम्भु प्रसाद भट्ट



भिदत्तमा शुरु भएन मतगणना

महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । वडा नं. १ को मतगणना सम्पन्न गरेर वडा नं. २ को आधा मतगणना हुँदा एक सयको बण्डलमा १ सय २० मत भेटिएपछि विवाद हुँदा आईतबार दिउँसो स्थगित गरिएको मतगणना अझै शुरु हुन नसकेको हो ।  
पटक–पटक बसेको सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसक्दा मतगणना शुरु गर्न नसकिएको प्रमुख निर्वाचन अधिकृत मदन बहादुर धामीले बताए  । उनले भने  ‘सहमती जुटेको छैन, फेरी बोलाएको छु, एकै छिनमा बैठक बसेर निष्कर्षमा पुग्छौ ।’ नेपाली काँग्रेस बाहेकका सबै दलले २ नं. वडामा पुनः चुनाव हुनुपर्ने माग राखेपछि सहमति हुन नसकेको हो । उम्मेदवारहरु विज्ञप्ती नै निकालेका छन् भने एमालेले पुनः चुनावको माग राखेर चिठी नै दर्ता गराईसकेको छ । 



प्रतिकृया दिनुहोस