स्थानिय तह निर्वाचन २०७९

बेलडाँडीमा गुम्यो एमालेको बिरासत, काँग्रेसका राना बिजयी

सोमबार ०२, जेठ २०७९ ०३:०९    पवन जोशी



बेलडाँडीमा गुम्यो एमालेको बिरासत, काँग्रेसका राना बिजयी

महेन्द्रनगर :  कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका हरिश चन्द्र राना निर्वाचित भएका छन् । एमालेले जित्ने गरेको उक्त पालिकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टलाई १ हजार ८ सय २ मत अन्तरले पराजित गर्दै काँग्रेसका राना अध्यक्षमा निर्वाचित भएका हुन् । 
२०५४ र ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्ष सहित राम्रो उपस्थीति रहेको थियो । ०७४ को चुनाउमा ५ वडा रहेको उक्त पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष सहित चारवटा वडा जितेको थियो । यस पटक भने एमाले एक वडामा सिमित हुन पुगेको हो । 
निर्वाचित अध्यक्ष रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टले २ हजार ३ सय १, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले १ हजार ७ सय ६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिए । 
बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शान्ति नाथ निर्वाचित हुनु भएको छ । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गरे । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका शान्ति नाथले ३ हजार ६ सय ७३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वीहरू नेकपा एमालेका फुलदेवी रानाले ३ हजार २ सय २७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९ सय ७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका बसन्ती चौधरीले २३० मत प्राप्त गरे । बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत केसीले बताए ।
 



प्रतिकृया दिनुहोस