स्थानिय तह निर्वाचन २०७९

वेदकोटमा प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता कायमै

सोमबार ०२, जेठ २०७९ ०४:०५    शम्भु प्रसाद भट्ट



महेन्द्रनगर : वेदकोट नगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता कायमै रहेको छ । ५ हजार ८ सय ५७ मत गणना हुँदा नगर प्रमुखमा काँग्रेसको २ हजार ५९, एमालेको १ हजार ४ सय ५३, गठबन्धन (समाजवादी)ले १ हजार १ सय ७५ मत प्राप्त गरेका छन् । 
उपप्रमुखमा पनि काँग्रेस नै अगाडी देखिएको छ ।

काँग्रेको १ हजार ८ सय ५५, एमालेको १ हजार ७ सय २०, गठबन्धन (माओवादी केन्द्र) र राप्रपाले ३ सय ८५ मत प्राप्त गरेका छन् । वेदकोटमा वडा नं. १ र २ का्े मतगणना सकिएको छ । ्वडा नं. १ मा नेपाली काँग्रेसका रमेशसिंह ठगुन्ना निर्वाचित भएका छन् । उनले ६ सय ६९ मत पाएका छन्, उनका निकटतम प्रतिद्धन्दी एमालेका हरी गिरी ५ सय ३० र समाजवादीका अम्बरबहादुर चन्दले २ सय ९८ मत पाएका छन् । 
यसैगरी वडा नं. २ मा एमालेका नरेशबहादुर सिंह निर्वाचित भएका छन् । उनले ८ सय ६८ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी माआवादी केन्द्रका मान बहादुर रानाले ४ सय ३१ मत प्राप्त गरेका छन् । 
 



प्रतिकृया दिनुहोस