स्थानिय तह निर्वाचन २०७९

बेलौरीको प्रमुखमा चौधरी पुनः निर्वाचित

मङ्गलबार ०३, जेठ २०७९ ११:४३    पवन जोशी



बेलौरीको प्रमुखमा चौधरी पुनः निर्वाचित

महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिकाको नगर प्रमुखमा पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । माआवादी केन्द्रबाट चुनावी मैदानमा रहनुभएका उहाँले ८ हजार ४ सय ९६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी कुमारी कमला बोहराले ६६१४ मत, नेपाली काँग्रसका हरेन्द्रसिह बिष्टले ५ हजार ९ सय ७९ मत प्राप्त गर्नुभएको छ । बेलौरीमा नगरप्रमुखका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा थिए । 
यसै गरी उप–प्रमुखमा एमालेका जोग राम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार २ सय ८७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका मन्जु शाहले ६ हजार ६ सय बयासी, काँग्रेसका खिना भण्डारीले ६ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

 



प्रतिकृया दिनुहोस