एमालेको लालकिल्लामा काँग्रेसको कब्जा

भिमदत्त १५ को अध्यक्षमा काँग्रेसका भट्ट निर्वाचित

शुक्रबार ०६, जेठ २०७९ ०६:३७    दिपकराज बिष्ट



भिमदत्त १५ को अध्यक्षमा काँग्रेसका भट्ट निर्वाचित

महेन्द्रनगर :  एमालेको गढ (लालकिल्ला)मानिने भिमदत्त नगरपालिका वडा नं. १५ को अध्यक्षमा भुवनराज भट्ट निर्वाचित भएका छन् । उनी आफ्ना निकटतम प्रतिद्धन्दी एमालेका जयदेव भट्टलाई १ सय ५१ मतले पराजित गदै भट्ट प्यानल सहित निर्वाचित भएका हुन् ।  उनले ६ सय ७८ मत पाएका छन् ।

यस्तै एमालेले ५ सय २७, राप्रपाले १ सय ७३ र समाजवादीले १ सय ८० मत पाएका छन् । यस्तै निर्वाचित हुनेमा यशोदा खड्का ६ सय ८१ मतका साथ बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी माधवी शाहुले ४ सय ७६ मत प्राप्त गरेकी छिन् ।

यस्तै दलित महिला सदस्यमा काँग्रेसकी हिरादेवी दमाई ६ सय ४० मत पाउँदै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी लक्ष्मी दमाईले ४ सय ७६ मत पाएकी छन् ।  खुला सदस्यमा नर बहादुर भण्डारी  ६ सय २५ र र  हरिप्रसाद भट्ट ६ सय ५० मत पाएर बिजयी भएका छन् । 



प्रतिकृया दिनुहोस