वेदकोटका नगरप्रमुखद्धारा पदभार ग्रहण

शुक्रबार ०६, जेठ २०७९ ०७:१३    पवन जोशी



वेदकोटका नगरप्रमुखद्धारा पदभार ग्रहण


महेन्द्रनगर : वेदकोट नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भोजराज बोहराले आफ्नो पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मदनसिंह धामीबाट शपथ ग्रहण गरी प्रमाणपत्र बुझेपछि सिसैयास्थीत नगरपालिकाको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।  
पदभार ग्रहण लगत्तै उहाँले दुईओटा निर्णय गर्नुभएको छ ।

पहिलो कार्यपलिकाका निवर्तमान सदस्यहरुलाई धन्यवाद र दास्रो शान्तिपुर्ण, भयरहीत र स्वतन्त्र रुपमा निर्वाचनलाई सम्पन्न गराउन महत्वपुर्ण भुमीका खेलेका सम्पुर्ण कर्मचारी र सुरक्षाकर्मीलगायत सम्पुर्णमा धन्यवाद ज्ञापन गरिएको छ । 
कार्यपालिकाको निर्वाचन भने १२ गतेपछि मात्रै हुने नगरप्रमुख बोहराले बताउनुभयो ।

नेपाली काँग्रेसबाट निर्वाचित बोहराले नेकपा एमालेकी सुशिला सिंंहलाई पराजित गनुभएको थियो । 
 



प्रतिकृया दिनुहोस