शुक्रबार ०६, जेठ २०७९ ११:३० दिपकराज बिष्ट
महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनि व्यारेक नजिक पुर्वपश्चिम राजमार्गमा सडक दुर्धटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दूई जनाको मृत्यु भएको हो । महेन्द्रनगरदेखि धनगढीतर्फ गईरहेको से १ च ४४८ नम्बरको जीप र झलारीदेखि महेन्द्रनगरतर्फ आईहेको म २ प ६८९३ नम्बरको मोटरसाइकल बेलुकी ब्यारेक नजिकैको जङ्गलमा एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृत्यु हुनेमा वेदकोट नपा–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षका भुतेश बम रहेका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । घटनास्थलमा घाइते उनीहरूको झलारीमा उपचार हुन नसकेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा सवार उहाँह?को अस्पतालमा मृत्यु भएको हो । उनीहरूको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । चालक र जीप इप्रका कार्यालय झलारीले नियन्त्रणमा लिइएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.