भिनपा १० मा भारी मतान्तरका साथ काँग्रेसका चन्द बिजयी

शनिबार ०७, जेठ २०७९ ०१:१०    दिपकराज बिष्ट



भिनपा १० मा भारी मतान्तरका साथ काँग्रेसका चन्द बिजयी


महेन्द्रनगर :  भिमदत्त नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसका उम्मेदवार महेश चन्द दोब्बर मतका साथ प्यानल सहित बिजयी भएका छन् । उनले एक हजार दुई सय ५२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका दानबहादुर पालले ६ सय ९४ मत पाएका छन् । 
यस्तै एमालेका प्रमानन्द जोशी ६ सय ११ मत पाएका छन्, उनि एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष पनि हुन् । नेकपा माओवादी केन्द्रका ताराप्रसाद जोशीले ५ सय बिस मत पाएका छन्् । यसैगरी उम्मृदवार नै नभएका पुतली चुवाव चिन्हमा एक सय एक मत आएको छ ।  
 



प्रतिकृया दिनुहोस