शनिबार ०७, जेठ २०७९ ०९:३६ दिपकराज बिष्ट
महेन्द्रनगर : भिमदत्त नगरपालिका वडा नं. ११ को अध्यक्षमा काँग्रेसका युवा तथा विद्यार्थी नेता नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी प्रकाश थापा प्यानल सहित बिजयी भएका छन् । उनी ७ सय ७७ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी समाजवादीका कुमारी बिश्ना पन्तले ३ सय ५९ मत प्राप्त गरेकी छिन् ।
एमालेका रामबहादुर बुढाले २ सय ५५ मत प्राप्त गरे । युवाका मनका ढुकढुकीका रुपमा परिचित उनले लामो समय विद्यार्थी राजनितिमा खर्चिएका छन् । यस्तै महिला वडा सदस्यमा ७ सय ५१ मत ल्याउँदै नेपाली काँग्रेसकी रोजिना शाहीपाठक, दलित महिला सदस्यमा ७ सय ३८ मत प्राप्त गदै नेपाली काँग्रेसकी कलावतीकुमारी दयाल, पहिलो वडा सदस्यमा ७ सय ९९ मत प्राप्त गर्दै नेपाली काँग्रेसका किशोर बिस्ट , दोस्रो वडा सदस्यमा ७ सय ४५ मत प्राप्त गर्दै नेपाली काँग्रेसकै मोहनप्रसाद जैशी निर्वाचित भएका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.