गौतमबुद्ध विमानस्थलमा रोकियो जजिराको जहाज, चरा ठोक्किएको आशंका

सोमबार ०९, जेठ २०७९ ०२:२७    पश्चिमनेपाल न्यज डट कम



गौतमबुद्ध विमानस्थलमा रोकियो जजिराको जहाज, चरा ठोक्किएको आशंका

 काठमाडौं :  कुवेतबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरवेजको जहाज सोही विमानस्थलमा रोकिएको छ । विमानस्थलका एक अधिकारीका अनुसार जहाजमा चरा ठोक्किएको आशंका गरिएको छ । तर, धावनमार्गमा कतै पनि अवशेषहरु देखिएका छैनन् । जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका कारण चरा इन्जिन भित्र घुसेको छ की भन्ने आशंकामा जहाज रोकिएको ती अधिकारीले जनाए ।
उनका अनुसार काठमाडौंबाट इन्जिनियरहरु पुगेपछि जहाजको इन्जिनमा चेकजाँच गरिने छ । त्यसपछि मात्र जहाज उड्नेछ । ‘बाहिरी भागमा कुनै क्षति भएको छैन, अवतरण पनि सामान्य भएको थियो,’ ती अधिकारीले भने, ‘कतै इन्जिनको भित्रि भागमा चरा पुगेको छ की भन्ने आशंकाले जहाज रोकिएको हो ।’ राति पौने २ बजे अवतरण गरेको जहाज राति नै कुवेत फर्कनु पर्ने थियो ।



प्रतिकृया दिनुहोस