सोमबार ०९, जेठ २०७९ ०३:०७ पश्चिमनेपाल न्यज डट कम
काठमाडौं : यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो ।
मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो ।
४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.