रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

भुवनेश्वरीले गर्‍यो वैज्ञानिक एवं जनप्रतिनिधीलाई स्वागत तथा सम्मान

आइतबार २९, जेठ २०७९ १२:१८    पवन जोशी



भुवनेश्वरीले गर्‍यो वैज्ञानिक एवं जनप्रतिनिधीलाई स्वागत तथा सम्मान

महेन्द्रनगर : भुवनेश्वरी विद्या मंदिर तथा माई सेन्सारियम स्कुलले भारतीय वैज्ञानिक एवं नवनिर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले उहाँहरुलाई स्वागत तथा सम्मान गरेको हो । भिमदत्त नगरपालिका वडा नं. १० का अध्यक्ष महेश बहादुर चन्द सहित सदस्यहरु र ११ का निर्वाचित अध्यक्ष प्रकाश थापा सहित सदस्यहरु एवं भारतीय वैज्ञानिक डा. मणिन्द्र मोहन शर्मालाई संयुक्त कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । 
भारतीय वैज्ञानिक डा. मणिन्द्र मोहन शर्मा आफुले प्राप्त गरेको अन्र्तराष्ट्रिय अवार्ड ‘एशियन एक्सीलेन्स अवार्ड २०२२’ को सम्मान ग्रहण गर्न काठमाण्डौ जाँदै गरेको मोका छोपि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमा विद्यार्थी, अभिभावक, पिटिए अध्यक्ष तथा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा वडा नं. १० का अध्यक्ष महेश बहादुर चन्दले विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा अतुलनीय योगदान पु¥याएको स्मरण गर्दै आगामी दिनमा समेत विद्यालयले यस्तै प्रगति गर्नेमा आफु विस्वस्थ रहेको बताए । साथै उनले आफ्नो वडाका विद्यार्थीहरुको पनि रोजाईको केन्द्र भुवनेश्वरी भएकोले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफ््नो वडाबाट हुने जुनसुकै सहयोग गर्न आफु तत्पर रहेको बताए । 
कार्यक्रममा वैज्ञानिक तथा कार्यक्रमका प्रमुख अथिति शर्माले विद्यार्थीहरुलाई वैज्ञानिक बन्न प्रेरणा दिए । युवाहरुमाझ प्रेरणाका स्रोत समेत बन्न सफल शर्माले आफ्नो तर्फबाट हुने हरेक किसीमको सहयोगका लागि आफु तयार रहेको बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सत्येस बहादुर चन्दले विद्यालयको निम्तोलाई स्विकार गर्ने सबैमा आभार प्रकट गर्दै मायाको चिनो वितरण गरेका थिए ।  

को हुन् डा. मणिन्द्र मोहन शर्मा ?
डा. शर्मा उत्तराखण्ड जैव प्रौद्योगिकी परिषद, बायोटेक भवन पन्तनगर भारतमा पर्यावरणीय जैव प्रयोगशालामा वैज्ञानिक बी एवं प्रभारीका रुपमा कार्यरत छन् । उनि बिगत लामो समयदेखि पिउने पानीको गुणस्तरीयता र पानीको प्रदुषणका तत्व तथा कारण र यसको समाधानका बारेमा खोज अनुसन्धान तथा अन्वेषणमा लागेका व्यक्तित्व हुन् । उनले उक्त कार्य गरेवाफत युवा वैज्ञानिक पुरुस्कारबाट समेत सम्मानित गरिएको छ । हाल उनि कुमाउ क्षेत्रका नदिनाला तथा पानीका मुख्य स्रोतहरुमा पानीको गुणस्तर, शुद्धता तथा जिन प्रोफाईलका बारेमा अनुसन्धान गरिरहेका छन् । 
उनले अहिले विज्ञान, शिक्षा, शोध र पर्यावरणमा उत्कृष्ट कार्य गरेको भन्दै ‘एशियन एक्सलेन्स अवार्ड २०२२’ प्राप्त गरेका छन् । काठमाण्डौंको हयात होटलमा आयोजित बिशेष कार्यक्रममा उनलाई उक्त अवार्ड दिईएको हो । यो पुरुस्कार सार्क फाउण्डेसन, रे फाउण्डेसन र प्रोनेश एशियाको संयुक्त आयोजनामा वितरण गर्ने गरिन्छ । यस संगै अन्य विविद्य विद्यामा ३० जना व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको छ । 
डा. शर्माले यसअघि दुई पटक युवा वैज्ञानिक पुरुस्कार, नेशनल इंस्पिरेशन अवार्ड, ग्लोबल ग्रीन अवार्ड, सेवा रत्न सम्मान र युवा प्रेरक सम्मान प्राप्त गरिसकेका छन् । उनि आफ्नो खोज कार्यका साथसाथै युवाहरुमा विज्ञान, शिक्षा, खोज तथा पर्यावरण संरक्षणका लागि काम गर्दै आईरहेका छन् । 



प्रतिकृया दिनुहोस