महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    
निर्वाचित जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

‘जनता मालिक हुन्, मालिकको सेवामा लाग्नुस’

शुक्रबार ०३, असार २०७९ ०३:३०    पवन जोशी



‘जनता मालिक हुन्, मालिकको सेवामा लाग्नुस’

महेन्द्रनगर : नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ । सुदुरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोह कार्यक्रममा सहभागि हुन कञ्चनपुर पुग्नुभएका सभापति देउवाले त्यसअघि नेपाली काँग्रेस जिल्ला कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको सेवामा लाग्न निर्देशन दिएका छन् । उनले भने, ‘जनताले माया गरेर जिताएका छन््, अब जनताको सेवामा लाग्नुस, पाँच वर्ष डटेर काम गर्नुहोस अनि जनता खुसी हुन्छन् ।’ 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साँउदले जनताले यसपटक नेपाली काँग्रेसलाई माया गरेको स्मरण गर्दै जनादेश अनुसार काम गर्न आग्रह गरे । यस्तै केन्द्रीय सदस्य रमेश लेखकले अब काम गरेर देखाउने बेला आएको बताए े । उनले भने , ‘अब नेपाली काँग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिले आआफ्नो क्षेत्रमा विकासको मुल फुटाउनुस् ।’ 
 



प्रतिकृया दिनुहोस