सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको शुरुवात गर्नुपर्छ :  प्रधानमन्त्री देउवा

शुक्रबार ०३, असार २०७९ ०७:१६    पवन जोशी



सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको शुरुवात गर्नुपर्छ :  प्रधानमन्त्री देउवा

महेन्द्रनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पनि शुरुवात गर्नुपर्ने बताएका छन् । विश्वविद्यालयले देशको शैक्षीक क्षेत्रमा अतुलनिय योगदान पु¥याएको बताउँदै उनले विश्वविद्यालयले अब मेडिकल कलेज स्थापना गरी चिकित्सा क्षेत्रमा पनि पढाई शुरु गर्नुपर्ने बताए । 
शुक्रबार कञ्चनपुरको महेन्द्रनगर स्थित विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने , ‘सुदूरपश्चिम विश्वविद्यालयले मुलुकमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरेर जनशक्तिको खाँचो पुरा गरेको छ, यसले दुर दराजका, दुर्गम क्षेत्रका विद्याथीहरुलाई योग्य बनाउन सहयोग गरेको छ ।’ उनले थपे, ‘अब विश्वविद्यालयले चिकित्सा क्षेत्रमा पढाईको शुरुवात गर्नुपर्छ, यसमा सरकारको पुर्ण सहयोग रहनेछ, डडेल्धुरामा  खोलिने भनिएको मेडिकल कलेज सुप विश्वविद्यालय अन्तर्गत चलाईनेछ, जसका लागि सरकारले काम शुरु गरिसकेको छ ।’ यससंगै उहाँले दिक्षित हुने सम्पुर्णको उज्वल भबिष्यको कामना गर्दै देशका लागि योगदान पु¥याउनेमा आफु ढुक्क रहेको बताए । 
समारोहमा प्रमुख अथिति तथा कुमाउँ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशीले विद्यार्थीहरुले एउटा लक्ष्य राखेर मात्र नहुने बताउँदै लक्ष अनुसार कामलाई पनि अघि बढाउनुपर्ने बताए । उनले भने, ‘हामी लक्ष्य त राख्छौ, तर कार्यान्वयनमा जाँदैनौ ।’ ‘सुप विश्वविद्यालयले सबल र सक्षम जनशक्ति उत्पादन गरीरहेको छ, यसलाई निरन्तरता दिईयोस, अझै सुधार होस् एक दिन विश्वको राम्रो रेन्कको विश्वविद्यालयमा यो विश्वविद्यालय हुनेछ ।’ जोशीले भने । उनले आफ्नो विश्वविद्यालयले सुदूरपश्चिम विश्वविद्यालयसंग  जुनसुकै सहयोग तथा सहकार्य गर्न तयार रहेको बताए । 
सुदुरपश्चिम विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सुप विश्वविद्यालय उच्च शिक्षाको थलोको रुपमा रहेको र यसले  देशको आर्थिक र  सामाजिक रुपान्तरणमा खेल्ने भुमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 
समारोहमा बोल्दै उपकुलपति प्रा.डा. अम्मराज जोशीले सुदूरपश्चिम विश्वविद्यालय क्रमिक रुपमा अगाडी बढीरहेको बताए । उनले भने , ‘हामी क्रमिक रुपमा अगाडी बढेका छौ, यस क्षेत्र वा बाहीरका विद्यार्थीका लागि अब सुचना प्रविधि, विज्ञान, कृषि, ईन्जिनियरिङ् एवं चिकित्सा शिक्षा जस्ता प्राविधिक बिषयको लागि पहिलो गन्तब्य हुनेछ ।’
कार्यक्रममा प्रत्यक्ष रुपमा ३ सय १८ जनालाई दिक्षित गरिएको छ । दिक्षित हुन योग्य १ हजार ५ सय ५८ जना रहेपनि आवेदन ३ सय १८ को मात्र आएको उपकुलपति जोशीले बताए । सुप विश्वविद्यालयमा हाल १६ वटा आँगिक क्याम्पस रहेका छन् । समारोहमा ३ जना विद्यार्थीलाई चान्सलर पदक, ४ जनालाई भाईस चान्सलर पदक र २९ जना विद्यार्थीलाई स्वर्ण पदकद्धारा सम्मानित गरीएको थियो । 



प्रतिकृया दिनुहोस