बिहिबार १६, असार २०७९ ०७:५५ दिपकराज बिष्ट
महेन्द्रनगर : कञ्चनपुर उद्योग वाणिज्य संघको १७ औं कार्यकारिणी समिति चयनका लागि यही असार २५ गते हुन गईरहेको निर्वाचनमा तिन पदका लागि प्रतिस्पर्धा हुने भएको हो । बिहीबार साँझ ४ बजे उम्मेदवारी फीर्ता लिने समय सकिएसंगै अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमति नजुटेपछि निर्वाचन हुने भएको हो ।
यस अघि अग्रज व्यवसायी तथा पुर्व अध्यक्षहरुले सहमतिको लागि प्रयास गर्नुभएको थियो ।
अध्यक्षमा हाल कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष पदमा रहेका पिताम्बर जोशी र पुर्व अध्यक्ष गणेशदत्त जोशी मैदानमा रहेका छन् । यस्तै वाणिज्य उपाध्यक्षमा हाल कार्यसमितिमा रहेका महासचिव वाशुदेव जोशी र पुर्व सदस्य धर्मसिंह रावल तथा महासचिवमा पुर्व कोषाध्यक्ष खगेश्वर बोहरा र हाल कार्यसमितिमा कोषाध्यक्ष रहनुभएका निर्मला भट्टसापकोटाका बिचमा प्रतिस्पर्धा हुने भएको छ ।
संघको अन्य पदमा भने निर्विरोध नेतृत्व चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा शुरेस गुरुङ, सचिवमा राहुल भट्ट एवं कोषाध्यक्षमा चेतराज जोशी निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा विशाल सोनार, गोपालसिंह बुडापाल, प्रेमप्रकाश पाठक, नरेन्द्रप्रसाद जोशी, प्रदिप पाल, भोजराज अवस्थी, मिनराज भट्ट तथा संस्थागत सदस्यमा रामचन्द्र बुडा निर्विरोध निर्वाचित हुनुभएको छ । संघमा ३ हजार दुई सय ५९ साधारण सदस्यहरुले मतदान गर्नेछन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.