शिक्षा र शिक्षक

शनिबार १२, भदौ २०७८ १२:२३    Paschim Nepal News



शिक्षा र शिक्षक

–हरिशप्रसाद जोशी
नेपाल सरकारको विगतका गलत शिक्षा नीतिले ल्याएका दुष्प्रभाव अहिले विद्यालय शिक्षामा प्रष्ट देखिन थालेको छ । विगतमा आफ्ना गाउँ, टोल छिमेकमा नै विभिन्न व्यक्तिगत स्वार्थ अनुरुप खोलेका र खोल्न लगाएका विद्यालयहरुलाई सजिलै अनुमति प्रदान गरियो । विद्यालयको नक्साङ्कन समाजको आवश्यकता विद्यालयको सेवा क्षेत्रको पहिचान नगरी अनावश्यक रुपमा मनपरी ढंगले विद्यालय खोल्न होडबाजी नै चल्यो । यस खेलमा जानी नजानी शिक्षहरु पनि सहभागी भए । आफुले योग्यता बढाउने र योग्यता पुगीसकेपछि सोही योग्यताको बलमा कुनै पूर्वाधारको  आकलन नगरी विद्यायको तह वृद्धिको अनुमति मागी रहे सरकारले दिई रह्यो । शिक्षकले अनुमति पाएपछि आफ्नो योग्यता र दक्षता क्षमता प्रदर्शन गरी स्थायी नियुक्ती, पदोन्नती एवै विद्यालयलाई स्वीकृत गराउने दायित्व निर्वाह गर्न सकेको देखिदैन । नेपालमा सरकारी विद्यालय छैन । सामुदायिक विद्यालय मात्र छन् । जनताले मागे सरकारले निश्चित सर्तमा अनुमति दियो । त्यसपछि बिसौँ तिसौँ वर्ष भयो न सर्त हेरिए न त अनुगमन नै भयो । न त स्वीकृती तर्फ कारवाही नै भयो । केवल जागीरे  प्रवृती देखियो । समाजमा नैरास्यता जाग्यो । विद्यालय कुनै वारिस नभएका जस्ता देखिए । वर्तमानमा विद्यालय छ, शिक्षक छन् तर तर विद्यार्थी संख्या अत्यन्त न्यन छ, विद्यालय मर्जको अवस्थामा पुगीसके विद्यालय छ, शिक्षक छैनन् तर विद्यार्थी धेरै छन् । अब विद्यार्थी भएका ठाउँमा शिक्षक पुगाउनु पर्ने छ । शिक्षकहरु व्यवस्थापन जरुरी भएको छ । शिक्षकलाई नकरात्मक दृष्टिकोणबाट हेरिन थालेको छ । शिक्षकको पक्षमा कोही देखिदैन, शिक्षकलाई कर्तव्य बुझाउने धेरै छन् तर अधिकारबारे बोली दिने कोही छैनन् । शिक्षक र पेसागत संघ संगठनहरुमा दलगत राजनीति हावी छ । शिक्षक र तिनका पेसागत संघ, संगठनहरुको 
राजनीति त शिक्षा हुनुपर्ने हो । पेसागत हकहित, शैक्षिक उन्नयन, सामाजिक एवं सक्षम नागरिक उत्पादन, मर्यादित शिक्षण पेसा, समृद्ध राष्ट्र निर्माणको दायित्व शिक्षकको हो र शिक्षकका संघ संगठनको हो । सोही अनुरुप आफुलाई उभ्याएर समय सापेक्ष अपग्रेट शिक्षक हुनुपर्दछ । भने बालकका सबै पक्षको मुल्याङ्कन गर्दै उनीहरु सँगै शिक्षक रमाउनु पर्दछ । दैनिक पुरा कार्यभारमा शिक्षक तल्लीन हुनैपर्छ । विश्वास सबभन्दा ठुलो कुरा हो । आफु प्रतिको विश्वास आफ्नो पेसाप्रतिको विश्वास, आफ्ना संस्थाप्रतिको विश्वास वर्तमानको नेतृत्व प्रतिको विश्वासका साथै व्यवस्थित गर्न गरेको कानुनी दस्तावेज प्रतिको विश्वासमा कमी देखिनु झन चिन्ताको विषय बनेको छ । आफ्ना पेसाप्रतिको वितृष्ण जगाउने, कमजोर बनाउने, बालक प्रतिको उदासिनता र राष्ट्रप्रतिको गैर जिम्मेवारी देखाउनुले चिन्ता मात्र होईन गम्भीर समस्यामा जकडीदै शिक्षा क्षेत्र झन अव्यवस्थीत हुदैछ । शिक्षक पेसा मर्यादिन पेसा हो । निश्चित आचारसंहितामा बाँधिएपछि उसको पेसाको गौरव झल्कन्छ, पेसाप्रतिको लगनशीलता, आत्म सम्मान र गौरब प्राप्त हुन्छ । एक आदर्श, चरित्रवान, कर्तव्यनिष्ठ शिक्षक सदैव अभिनन्दीत भईरहेको हुन्छ । शिक्षक ३ पुस्ताका लागि काम गरिरहेको हुन्छ । आफ्नो पुस्ता, आफले सिकाएको पुस्ता र उसले सिकाउने पुस्ता  यस्तो संवेदनशील पेसमा कुनै वापरवाह गर्ने कमजोर चरित्र र आनीबानीको व्यक्ति प्रवेश गरेमा भावी सन्ततीको भविष्य नै अन्धकारमय हुन जान्छ । 
शिक्षक विद्यालयमा आउदैनन्, स्कुल आएपनि कक्षामा आउदैनन्, कक्षामा आएपनि पुरा समय बस्दैनन्, ढिलो आउँछन् । चाडै जान्छन्, पेसागत, कर्तव्यनिष्ट, ईमान्दार, उदाहरणीय गूरु छैनन्, समयको माग र प्रविधिसँग आफुलाई अपग्रेड गर्दैनन्, अतिरिक्त क्रियाकलाप, विद्यालय व्यवस्थापन, कक्षा व्यवस्थापन एवं विद्यालयका गतिविधीमा निष्कृय बस्छन्, ध्यान दिदैनन्, विद्यालयका गतिविधी र क्रियाकलापमा पारदर्शीता हुदैन लगायतका थुप्रै आरोप असतय छन् भनी शिक्षकले असत्य र झुट्टा मात्र हुन मेरो कामना छ । आशा छ, विश्वास छ । यी आरोपको खण्डन शिक्षकले व्यवहारबाट मात्र गर्न सक्छ त्यसैबाट परिवर्तन पनि सम्भव छ । 
कुन दलको डाक्टर, कुन दलको ड्राईभर, कुन दलको शिक्षक चाहन्छन् बारे मनन गरौं, सबका मनमा यो प्रश्न उब्जाऔँ, उनीहरु फलानो दलको जवाफ पक्कै दिन सक्दैनन् । उनीहरुको उत्तरमा पेसागत दक्षता राम्रँे भएकालाई मात्र चाहन्छन् होला जस्तो लाग्छ । शिक्षकले आफ्नो पेसाबारे सोच्नै पर्छ २० वर्षपछि तपाईलाई विद्यार्थीले कसरी सम्झन्छ विचार गर्नैपर्छ । शैक्षिक क्षति म कुनै बहानामा कहिल्यै हुन दिन्न भन्ने बेला अहिले आईसकेको छ । 



प्रतिकृया दिनुहोस