आइतबार १५, साउन २०७९ ०१:१३ आस्था जोशी
महेन्द्रनगर : ईन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगरले २०७८ सालको यसइई परीक्षामा पनि कञ्चनपुरमै उत्कृष्ट नतिजा ल्याएको छ । अरु बर्षझै यस बर्ष पनि ईन्टरनेशनलका विद्यार्थी अनुज भट्टले ३.९ जिपिए तथा २० प्रतिशत ३.६ देखि ३.९ जिपिए ल्याएर विद्यालयलाई उत्कृट बनाएका हुन् ।
विद्यालयमा यस बर्ष १०४ जना विद्यार्थी अध्ययनरत रहेको र सदाझै शत प्रतिशत नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले बताए । उनले भने, ‘विद्यालयले सदाझै यस बर्ष पनि शतप्रतिशत तथा जिल्लामै उत्कृष्ट नतिजा ल्याएको छ ।’
२०५३ सालमा स्थापना भएर पठनपाठन शुरु गरेको विद्यालयले २०५६ सालबाट एसएलसी बोर्ड परीक्षामा सहभागिता जनाएको र हालसम्म शतप्रतिशत नतिजा प्राप्त गरेको प्रिन्सिपल भट्टले बताए । उनले भने, ‘हामीले एसएल्सी(एसइई) परीक्षामा सहभागिता जनाएको बर्षदेखि अहिले सम्म शत प्रतिशत नतिजा ल्याउन सफल हुनुका साथै जिल्लामा उत्कृटता प्रस्तुत गर्दै आएका छौ, यसलाई अझै निरन्तरता दिन्छौ ।’ उनले थपे, ‘हामीले महेन्द्रनगरमा रहेको बाल संगठनको भवनबाट विद्यालयको शुरुवात गरेका हौं । हाल हामीसंग आफ्नै फराकिलो खेल मैदान संगै तिन वटा छुट्टा–छुट्टै भवनमा ८५ अत्याधुनिक सुविधा सम्पन्न कोठा, विज्ञान प्रयोगशाला, सभाहल, पुस्तकालय र कम्प्युटर ल्याब रहेका छन् ।’
सात पटक क्षेत्रीय विद्या शिल्ड प्राप्त
हालसम्म विद्यालयले सात पटक (वि.स.२०६५ र २०६९–२०७४ लगातार) क्षेत्रिय विद्या शिल्ड प्राप्त गरेको छ । ईन्टरनेशनलका विद्यार्थीहरु एसइई सकेपछि उच्च शिक्षाका लागि देशका प्रतिष्ठित शैक्षिक संस्थाहरुमा भर्ना हुने गरेका छन् ।
प्रिन्सिपल भट्टले भने, ‘विद्यालयबाट मावि तह उतिर्ण गरेको सफल विद्यार्थीहरुको सुचि निकै ठूलो छ । एनसीसीमा निरन्तर २ बर्ष समावेश भएका छौं, उत्कृष्ट विद्यार्थी छ्नौट–२०७५मा अरुणा बम (सिङ्गापुर भ्रमण) र २०७६ मा निभा कुवर छनौट हुन सफल भएका छन् ।’
२०६३ सालमा नेपालमै तेस्रो स्थान प्राप्त
२०६३ सालको एसएल्सी परीक्षामा ईनटरनेशनलका शुभाष लामिछानेले नेपालमै तेस्रो स्थान प्राप्त गरेको प्रिन्सिपल भट्टले बताए । उनले भने, ‘हाम्रा २०६३ सालमा नेपालमै तस्रो स्थान प्राप्त गरेका् मिठो सम्झना छ, पढाईको नतिजा बाहेकका अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि हामीले उत्कृष्टता प्रस्तुत गर्दै आएका छौ ।’
विद्यालयले कक्षा कक्षा ११ र १२ समेत सञ्चालन गरेको छ । २०६२ सालदेखि थालनी गरीएको कक्षा ११ र १२ मा हाल सम्म व्यवस्थापन संकायमा भर्ना लिने गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले कक्षा ५ देखि १२ सम्म नेपाल सरकारको रक्षा मन्त्रालय अन्र्तगत कल्याणकारी कोषबाट नेपाली सेनाका बहालवाला र सेवा निवृत कर्मचारीका बाबु नानीहरुलाई पढाउनका निम्ति रक्षा मन्त्रालय संग सम्झौता गरी उनिहरुरुका छोराछोरीहरुलाई छात्रवृती कोटा अन्र्तगत पढाईने गरेको प्रिन्सिपल भट्टले बताए । उनले भने,‘ छात्रलाई १५ प्रतिशत र छात्रालाई २० प्रतिशत छुट दिने हाम्रो सम्झौता भएको छ । मन्त्रालयबाट नै कल्याणकारी कोषको पैसा सिधै हाम्रो विद्यालयलाई आउने गर्दछ ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.