निर्माण व्यवसायी संघको अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

बिहिबार १९, साउन २०७९ ०५:१२    पवन जोशी



निर्माण व्यवसायी संघको अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २४ गते हुन गर्ईरहेको १४ औं कार्यकारीणी समितिको निर्वाचनमा निर्माण व्यवसायी निरञ्जन भट्टले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।  संघका पुर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका भट्ट  अब्बल निर्माण व्यवसायीको परिचय बनाएका व्यक्तित्व हुन् ।
उनि सदस्य हुँदै बरिष्ठ उपाध्यक्ष भएका थिए । अघिल्लो कार्यकालमा अध्यक्षमा प्रेम प्रकाश भट्टसंग झिनो मतान्तरले पराजित भएका भट्ट २०५२ सालबाट निर्माण व्यवसायीमा निरन्तर रुपमा सक्रिय छन्  । उनि सुदुरपश्चिममा उत्कृष्ट निर्माण व्यवसायीको दर्जामा पर्दछन् । सफल निमार्ण व्यवसायी भट्टले विभिन्न ठाउँमा राम्रो कार्यसम्पादन गरे वाफत पुरुस्कारका साथै बोनस र सम्मान पाएका छन् । उनी संघमा निर्वाचित भएमा निर्माण कम्पनी र सघको बृहत्तर हित हुने निर्माण व्यवसायीहरुले आँकलन छ । 
आफु बरिष्ठ उपाध्यक्ष हुँदा जिल्लाको दररेटलाई सुधार गरेको स्मरण गर्दै भट्टले अध्यक्षमा निर्वाचित भएमा निर्माण व्यवसायीका हीतमा कार्य गर्ने र कुनैपनि निर्माण व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउने बताए । उनले भने, ‘विगतमा पनि मैले काम गरेको अनुभव छ, निर्माण व्यवसायीको बृहत्तर हितमा काम गर्नेछु ।’
सहयोगी भावना भएका भट्ट अप्ठेरोमा परेका व्यक्ति तथा संस्थालाई आर्थिक तथा नैतिक जस्तोसुकै सहयोग गर्न पछि नहट्ने व्यक्तित्व हुन् । कोरोना कहरका बेला समेत भिमदत्त र वेदको नगरपालिकालाई उनले सहयो गरेका थिए ।  



प्रतिकृया दिनुहोस