महेन्द्रनगरमा गार्डेन मार्ट सञ्चालनमा

आइतबार १३, भदौ २०७८ ०९:४८    लक्ष्मणदत्त पन्त



महेन्द्रनगरमा गार्डेन मार्ट सञ्चालनमा

महेन्द्रनगर,
      महेन्द्रनगरमा नयाँ मार्ट ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर सञ्चालकले कार्टको औपचारीक रुपमा सञ्चालन भएको जनाएका छन् । कञ्चनपुरको मुख्य व्यवसायीक केन्द्र महेन्द्रनगरमा करिब १० करोडको लगानीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको हो । शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले महेन्द्रनगरको चम्मन चौराहमा डिपार्टमेन्टल स्टोर स्थापना गरेको हो । सहकारीहरुमा मार्ट सञ्चालनमा ल्याउने शिव शिखर सहकारी पहिलो संस्था हो । 


कञ्चनपुरमा पहिलो पटक सहकारीले स्थापना गरेको डिपार्टमेन्टल स्टोरको शनिवार बिहान एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । सहकारीका माध्यमबाट स्थानीयस्तरमा रोजगारी सृजना गर्ने उद्धेश्यले स्टोर स्थापना गरिएको शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड सुदूरपश्चिमका प्रबन्धक हेमराज जोशीले बताए । ‘स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथ साथै सहकारीलाई दरिलो बनाउनका लागि आफ्नै व्यापार सुरु गरेको उनले बताए । यहाँका मानिसले रोजगारी पाएका छन् । यसबाट यो ठाउँको समग्र विकासमा पनि टेवा पुग्ने विश्वास लिईएको प्रबन्धक जोशीको भनाई छ । 
स्टोरमा दैनिक उपभोग्यका सामान, कस्मेटिक, भाडाकुडा, लत्ताकपडा, इलेक्ट्रोनिक सामान लगायत सम्पूर्ण घरायसी प्रयोजनका सामान उपलव्ध हुने जोशीको भनाई छ । सुदूरपश्चिममा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको यो दोस्रो शाखा हो । यस अघि डडेल्धुरामा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर स्थापना गरिएको हो । यस संगै सुदुरपश्चिममा धनगढी र अँत्तरियामा पनि मार्ट तयार भईसकेको र उद्घाटन मात्र गर्न बाँकी रहेको सुप प्रवन्धक जोशीले बताए । 
भक्तपुरमा प्रधान कार्यालय रहेको सहकारीसंग देश भरी ३५ शाखाहरु खेल्न पाउने अनुमति रहेको छ, तर सहकारीले हालसम्म देशभरी २५ शाखा मात्र स्थापना गर्न सफल भएको छ । छिट्टै ३५ ओटै शाखा विस्तार गरिने सहकारीले जनाउको    छ ।

यस संगै सहकारीले सञ्चालन गरिरहेका मार्टहरुमा कञ्चनपुरको महेन्द्रनगरमा स्थापना गरिएको मार्ट देशभरिमै आठौँमा   पर्दछ । मार्टको उद्घाटन रिबन काटेर घर धनी समेत रहेका खगेश्वर बोहोराले गरेका थिए । सहकारीका महेन्द्रनगरमा ७ हजार सदस्य तथा बचतकर्ता रहेको जोशीले बताए । 



प्रतिकृया दिनुहोस